☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालसंग अफगानिस्तान पराजित


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा शनिबार राती नेपालले अफगानिस्तानलाई २-० ले हराएको हो । नेपालले अफगानिस्तानलाई १३ वर्षपछि हार चखाउन सफल भएको हो । नेपालले पछिल्लोपल्ट सन् २०११ मा अफगानिस्तानलाई १-० ले हराएको थियो ।

    Advertisement

    सन् २०११ कै डिसेम्बरमा भारतमा सम्पन्न च्याम्पियनसिपमा अफगानिस्तानले अतिरिक्त समयमार्फत् नेपाललाई १-० ले हराउँदै बदला लिएको थियो । लगत्तै दशौँ साफमा पनि अफगानिस्तानले नेपाललाई १-० ले नै पराजित गर्‍यो । यी दुवै हार नेपालले सेमिफाइनलमा सामना गरेको हो । दशौँ संस्करणमा नै भारतलाई हराउँदै अफगानिस्तान च्याम्पियन पनि बन्यो ।

    त्यसपछि आफ्नो फुटबल स्तर सुधार गर्ने लक्ष्यसहित अफगानिस्तानले साफ खेल्न छाडेको थियो । त्यसयता नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थिएन । साफ विजेता बनेपछि अफगानिस्तान मध्य एसियन फुटबल च्याम्पियनसिप खेल्न थालेको हो । तर, लामो पर्खाइपछि भएको भेटमा नेपालले अफगानिस्तानमाथि जित रच्न सफल भएको हो ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको थियो । नेपालले अग्रता लिएपछि रक्षात्मकरूपमा बलियो प्रदर्शन गरेको थियो । खेलको ७८औँ मिनेटमा नेपालले अग्रता दोब्बर पार्न सफल भयो ।

    रोहित चन्दले राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्ने क्रममा नेपाललाई २-० ले अघि बढाउनुभयो । कर्नरमा डिफेन्डरले क्लियर गरेको बललाई रोहितले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गर्नुभएको थियो । खेलको ८७औँ मिनेटमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै खेललाई २-० को स्थितिमा राख्नुभयो । उहाँले ६ यार्ड बक्स नजिकबाट आएको भलीलाई डाइभ दिँदै विफल पार्नुभएको थियो ।

    नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाए पनि यसपटक भने खेल्न पाएको थियो । अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ ।

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer