☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कर प्रणाली एकल हुनुपर्छ: चेम्बर अफ कमर्स


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नका लागि राज्यले एकल कर प्रणाली बनाउनु पर्ने माग गरेको छ ।

    Advertisement

    सोमवार नेपाल चेम्बर अफ कमर्सले कर सप्ताह अन्तर्गत आन्तरिक राजश्व विभागसँगको अन्तरक्रिया कार्यक्रममा चेम्बरले यस्तो माग राखेको हो ।

    सरकारको दोहोरो कर नीतिको कारणले उद्योगी व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएको छ । चेम्बरले कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्ने उल्लेख गर्यो ।

    कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक विकेन्द्रीकरण मात्रै नभएर आर्थिक एकीकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

    उहाँले आर्थिक एकीकरण भएमात्रै पनि निजी क्षेत्रमा रहेका विभिन्न किसिमका अन्योलताहरु हट्ने बताउनु भयो । उहाँले पछिल्लो समय बजारमा नक्कली भ्याटबिलको समस्याले व्यवसायीहरुमा त्रास सिर्जना गरेको बताउनु भयो ।

    अध्यक्ष अग्रवालले केही खराब व्यवसायीको कारण सकारात्मक रुपका काम गरिरहेका व्यवसायीहरु मारमा परेको बताउनु भयो । उहाँले सरकारले नक्कली भ्याटबिल जारी गर्ने व्यवसायीलाई छानविन गरी गल्ती नगर्ने व्यवसायीहरुले नक्कली भ्याटबिलको विषयमा उन्मुक्ति पाउनुपर्ने बताउनु भयो । उहाँले आयकर ऐनमा पनि परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

    अध्यक्ष कमलेश अग्रवालले आयकर ऐन दफा ५७ ले धेरै अफ्यारो बनाएको भन्दै ट्रान्सफर मूल्य नै किटान गर्न नसकिएको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरण ऐनमा व्यवसायीक कारोबारलाई व्यक्ति खातामा कारोबार गर्र्न नपाउने व्यवस्था कार्यान्वयनको लागि सम्पूर्ण व्यवसायीहरुको सम्पति अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार अब प्रतिष्पर्धी कर नीति अपनाउनुपर्नेमा जोड दिनुभयो ।

    व्यवसायीहरुले दुईतिर कर तिर्नु नपर्ने

    आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले पछिल्लो समय १८ कम्पनी स्थापना गरी आवश्यकताअनुसारको नक्कली भ्याट बिलको कारोबार गरिरहेको बताउनु भयो ।

    उहाँले उद्योग वा बजारबाट उत्पादन किनेको र पैठारी गरेर ल्याएको मात्रै समान बेच्न पाउने कम्पनीले भ्याट बिल जारी गरी सामान बेच्न पाउने बताउनु भयो । तीन वटै स्रोत शून्य भए पनि कम्पनीमार्फत करोडौंको कारोबार गरेर भ्याटबिल काटिरहेको बताउनु भयो ।

    उहाँले अहिले बजार यस्तो खालको फण्डामा परेको बताउनु भयो । उहाँले नक्कली भ्याट बिलको विषयमा विभागले अहिले पनि अनुसन्धान गरिरहेको बताउनु भयो ।

    महानिर्देशक आचार्यले आयात निर्यातमा पनि नक्कली भ्याट बिल र कम्पनीको सुचना विभागलाई रहेको भन्दै अनुसन्धान गरिरहेको बताउनु भयो ।

    उहाँले गलत नगर्ने व्यवसायीहरुलाई पनि नक्कली भ्याट बिलका विषयले अफ्ठ्यारो बनाएको र प्रतिष्पर्धी बजारलाई असर गरेको बताउनु भयो । गलत क्रियाकलाप निराकरण गर्ने काम कर प्रशासनको मात्रै भनेर बस्न नमिल्ने भन्दै उहाँले निजी उद्योगी व्यवसायीहरुले दुईतिर कर तिर्नु नपर्ने बताउनु भयो ।

    उहाँले उद्योगी व्यवसायीहरुले दुईतिर कर तिरिरहेको भए प्रमाण राख्न आग्रह गर्नुभयो । उहाँले नेपालमा दोहोरो कर लागू नहुने उल्लेख गर्नुभयो । उहाँले व्यवसायिक कारोबार व्यक्तिगत खातामा गएको सूचना विभिन्न ठाउँबाट विभागलाई आएको दाबी गर्नुभयो । चेम्बरले सूचना निकालेर आफू मातहतका व्यवसायीहरुलाई सचेत गराउन आग्रह गर्नुभयो । (गोरखापत्र)

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer