• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रामजानकी विवाह महोत्सवको जन्ती स्वागतको तयारीमा जुट्दै स्थानीय तह


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • महोत्तरी । मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ। विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतका लागि महोत्तरीमा तयारी थालिएको हो।

    Advertisement

    जन्ती नेपाल प्रवेश गर्ने नाका महोत्तरीको मटिहानी र भिठ्ठामोर हुन्। अहिले जिल्लाका मटिहानी, जलेश्वर र पिपरामा जन्तीको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ।

    यस वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बोलाउने श्रीरामको तिलकोत्सवको कार्यक्रम जनकपुरधामबाट गएको टोलीले भारतको अयोध्यामा सम्पन्न गरेको छ। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोलीले गत सोमबार अयोध्यामा जन्ती आउने जानकी मन्दिरको निमन्त्रणापत्र अयोध्यास्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायलाई हस्तान्तरण गरिसकेको छ।

    साथै मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले एक धार्मिक समारोहबीच सोही दिन श्रीरामको तिलकोत्सव पनि सम्पन्न गरेको छ। तिलकोत्सवमा दुलहीपक्षले दुलहालाई वस्त्रआभूषण, शृङ्गार प्रसाधन सामग्री र फलफूलसहित मिष्ठान्न परिकारका साथ पूजन (वरण) गर्ने मैथिल परम्परा छ। यो पारम्परिक विधि सम्पन्न भएसँगै अब मिथिलामा औपचारिक रुपमा विवाहपञ्चमी महोत्सव सुरु भएको छ।

    मैथिल परम्परामा मङ्सिर सघन रुपमा विवाहसम्बन्ध जोड्ने उपयुक्त महिना मानिन्छ। कैयन हासपरिहासका रमाइला विधिले सम्पन्न गरिने हिन्दू मैथिल परम्पराको विवाह आफैँमा उत्सव रहेको जानकारहरु बताउँछन्। यसमा आराध्य देव श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको महिना मङ्सिर भएकाले मैथिलका लागि यो महिना पहिलेदेखि विशेष उत्सवको रुपमा रहँदै आएको छ। अहिले यही विवाह महोत्सवका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्धका लागि तयारी थालेका छन्। मङ्सिर शुक्लपञ्चमीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मुख्य विवाहको विधि भने यसपालि मङ्सिर २१ गते शुक्रबार परेको छ।

    अयोध्याबाट आउने जन्तीको नेपाल प्रवेशद्वार जिल्लाको भिठ्ठामोर र मटिहानी नाका भएकाले जन्तीको स्वागत, सत्कारका लागि आवश्यक तयारी सुरु गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। श्रीराम जानकीको विवाहमा यज्ञवेदी बनाइने माटो मटिहानीको लक्ष्मीसागरमा खनिएको जनविश्वाससहित जिल्लामा महोत्सवको विशेष तयारी हुने गरेको उनले उल्लेख गरे।

    रामजानकी विवाह महोत्सवको मुख्य पक्ष जनकपुरस्थित राममन्दिर र जानकी मन्दिर रहँदै आएका छन्। विभिन्न विधिसाथ सप्ताहव्यापी रुपमा मनाइने यो महोत्सवका लागि यसपालि पाँच वर्षपछि खास अवसर बनेको छ। “प्रत्येक पाँच÷पाँच वर्षको महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ । यसपाली जन्ती आउने पालो परेकाले यसको तयारी तीव्र पारिएको हो”, नगरप्रमुख मण्डलले भने।

    अयोध्याबाट आउने जन्ती मटिहानीमा एक बास बसेर जलेश्वर हुँदै जिल्लाको पिपरा गाउँपालिकालाई छिचोल्दै जनकपुर जाने चलन छ। यसअनुसार अहिले जन्तीको बास हुने र बाटोमा पर्ने महोत्तरीका स्थानीयतहले स्वागत, सत्कार, खानपान तथा आवासको उचित प्रबन्धको तयारी सुरु गरेका नगरप्रमुख मण्डलले जानकारी दिए। यो तयारीसँगै यी ठाउँमा अहिलेदेखि नै रामसीताका विवाहसम्बन्धका कथा र भाव समेटिएका गीत गुञ्जदैछन्। सबैतिर महोत्सवको उल्लास छाएको छ।

    ‘जन्ती यही मङ्सिर १७ गते सोमबार मटिहानी आइपुग्ने तालिका बनेको छ, हामी त्यसअनुसार तयारीमा जुटिसकेका छौंँ’, मटिहानी नगरप्रमुख मण्डलले भने, ‘त्यसै पनि मिथिलामा हुने विवाहमा जन्तीको स्वागत विशिष्ट तवरले गरिने चलन छ । यो श्रीराम र जानकीको विवाहका जन्ती हुन्, हामीले कुनै कमी हुन नदिने गरी तयारी थालेका छौँ।’ उनका अनुसार यसका लागि मटिहानी, जलेश्वर र पिपराका जनप्रतिनिधि, धार्मिक तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र साधुसन्तबीच आवश्यक तयारीको प्रबन्धबारे सघन छलफलसमेत भइरहेका छ।

    यस वर्ष अयोध्याबाट पाँच सयको सङ्ख्यामा त्यहाँस्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायको नेतृत्वमा जन्ती आउने कार्यक्रम तय भएको नगरप्रमुख मण्डलले जानकारी दिए। विशिष्ट अतिथिका लागि स्वागत सत्कारसँगै भोजन र आवासको प्रबन्ध गरिने उनले स्पष्ट पारे। जन्ती भोलिपल्ट अर्थात् मङ्सिर १८ गते मटिहानीबाट जनकपुरका लागि प्रस्थान गर्नेछन्।

    यस क्रममा जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेवको दर्शन गराइ उहाँहरुलाई खाजा चिया ख्वाइने कार्यक्रम बनेको छ। यसको तयारीमा जलेश्वर नगरपालिका जुटेको छ। ‘हामीले जन्तीका लागि महोत्तरीको बाटो सधैंँ सम्झनयोग्य बनाउने तयारी गरेका छौँं’, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले भने,’जिल्लाका सम्बद्ध तीनवटै स्थानीयतह (मटिहानी, जलेश्वर र पिपरा) बीच अहिलेदेखि काम र जिम्मेवारी छुट्याएर तयारी थालेका छौँ, तीनै ठाउँका जनप्रतिनिधिबीच आपसी समन्वय भइरहेकाले यस वर्ष पनि अयोध्याबाट आउने जन्तीका लागि विशेष बनाउँछौँ।’

    जलेश्वरबाट अघि बढेपछि जन्तीको दिवा भोजन र त्यसपछिको विश्राम पिपरामा हुनेछ। पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले यस कार्यमा सम्पूर्ण पिपरावासी तयारीमा जुटेका बताए। पिपरावासी विशिष्ट अतिथिको स्वागतको पर्खाइमा रहेका उनको भनाइ छ।

    मटिहानी, जलेश्वर र पिपरासहितका तीनै स्थानीयतहमा जन्तीको स्वागत तयारीमा आम सर्वसाधारण सरिक हुँदैछन्। सप्ताहव्यापी विवाह महोत्सवमा मटिहानी, जलेश्वर र पिपरा हुँदै अयोध्याबाट आएका जन्ती जनकपुर पुगेपछि ती जानकी मन्दिरका अतिथि हुन्छन्। जनकपुर बसाइँको सबै प्रबन्ध जानकी मन्दिर व्यवस्थापनले गर्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए। महोत्सवमा कुनै त्रुटि हुन नदिन सचेतता अपनाइने उनले उल्लेख गरे।

    सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा सात दिनका फरक–फरक विधि हुन्छन्। गुरु विश्वामित्रसँग भाइ लक्ष्मणका साथ श्रीराम जनकपुर प्रवेश गरेको पहिलो दिनलाई जनकपुर नगर दर्शनका रुपमा उत्सव मनाइन्छ। यसैगरी श्रीराम र जानकीको फुलबारीमा जम्काभेट भएको दिनलाई फूलबारीलीला, त्यसपछि धनुषयज्ञ, स्वयम्बर, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवाका विधि छन्।

    मटकोर विवाहमण्डप बनाइएर विवाहअघि कूलदेवताको पूजा गरिने र अन्तिम दिनको रामकलेवा जन्तीलाई बिदाइ गरिने परम्परासँग जोडिएका विधि हुन्। यस महोत्सवमा जनकपुरस्थित श्रीराम मन्दिरका महन्थ दुलहाका पिता राजा दशरथको र जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा हुन्छन्। दुवै सम्धीबीच मैथिल परम्पराको हाँसख्याल ठट्टाले त्रेता युगकालीन श्रीराम जानकीको विवाहमा यस्तै रमाइलो भएको अनुमान गर्दै दर्शक दङ्गपर्ने गरेका साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए।

    मिथिलाको यो विशिष्ट सांस्कृतिक महोत्सवमा बर्सेनि नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन सहभागी हुँदै आएका छन्। नेपाल र भारतबीच ‘रोटीबेटी’ को सम्बन्ध श्रीराम सीताको विवाहपछि बाक्लिएको त्यसयताका धार्मिक ग्रन्थबाट र पछिल्ला दिनमा भइरहेका सम्बन्धबाट उजागर भइरहेको मैथिल लोकसंस्कृतिका ज्ञाता जलेश्वर–५ का ध्रुव रायले बताए।

     

    शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer