काठमाडौं । भारतीय महिला हक्की टोलीले चीनलाई एक-शून्यले हराउँदै एसियन च्याम्पियन्स ट्रफी २०२४ को उपाधि जितेको छ । भारतका लागि दीपिकाले एक निर्णायक गोल गर्नुभएको थियो ।
Advertisement
प्रतियोगिताभर सबै खेल जित्दै आफ्नो दबदबा कायम राखेको भारतले चीनलाई हराउँदै भारतले तेस्रो पटक एसियन च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । योसँगै अब भारत र दक्षिण कोरियाको उपाधि संख्या बराबर भएको छ । खेल भारत, बिहारको राजगिरमा भएको थियो ।




