• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विवाह पञ्चमीका अवसरमा इनरुवामा सीताराम रथयात्रा निकालिने


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा सीताराम रथयात्रा निकालिने तयारी गरिएको रामजानकी गुठी संस्थाले जनाएको छ । सुनसरीको इनरुवा ४ स्थित रामजानकी मन्दिरमा गुठीले विभिन्न सरोकारवालासहितको छलफलबाट भव्य रूपमा रथयात्रा निकालिने निर्णय गरेको हो ।

    Advertisement

    रामसिता रथयात्रा तथा डोलामा पाँच हजारभन्दा बढी नगरवासीहरू सहभागी हुने आयोजकले जनाएको छ । सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिका क्षेत्रमा मङ्सिर २१ गते विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिने भएको छ । स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिने भएको हो ।

    त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजा आराधना गरी यो पर्व मनाइने भएकाले इनरुवामा भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहणसहित रथयात्रा निकालिने भएको छ । रामजानकी गुठी संस्थाका उपाध्यक्ष पुण्य सिग्देलले गुठी र रामजानकी विवाह महोत्सव आयोजक समितिको अगुवाइमा इनरुवा ४ को रामजानकी मन्दिरबाट राम र सीतालाई विशेष सुसज्जित डोलामा राखी बस चौक, जिल्ला प्रहरी कार्यालय, इनरुवा १ लोकतान्त्रिक चौक, जिल्ला समन्वय समिति, इनरुवा २ कुसुमगाछी सहित, शिक्षा विकास तथा समन्वय एकाइ हुँदै इनरुवा ९ बबिया हुँदै इनरुवा २ को लक्ष्मीनारायण मन्दिरमा पुर्‍याउँदै रथयात्रा सकिने तयारी गरेको सिग्देलले जानकारी दिनुभयो ।

    छलफलमा सरोकारवालाहरूले रथयात्रामा सहभागी हुने पुरुषहरूलाई धोती कुर्ता वा दौरा सुरुवाल, कुर्ता तथा महिलाहरूलाई सारी चोलोको पहिरनमा आउन अपिल गरिएको उहाँले जानकारी दिनुभयो ।

    छलफलमा प्रदेश सभा सदस्य रामप्रसाद मेहताले सनातनीहरूको महान् पर्व भएकाले विवाह पञ्चमीमा मौलिक पहिरनमा उपस्थितिका लागि अपिल गर्नुभयो । छलफल कार्यक्रममा दयानन्द साह, मुन्ना साह, राजेन्द्रप्रसाद साह, हरिनारायण मेहता, जितन मेहता, सत्य यादवसहितले कार्यक्रमलाई भव्य बनाउनुपर्ने र सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    सहभागी महिलाहरूले विवाह पञ्चमी तथा रामसीता रथयात्रा पूर्व मङ्सिर २० गते कुमरन, मैटकोर, फूल लोडही, सांस्कृतिक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिएको सहभागी सोनी यादवले जानकारी दिनुभयो ।

    विवाह पञ्चमी तथा रामसीता रथयात्रामा इनरुवा नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ । बिदाको व्यवस्था मिलाइदिन र समग्र इनरुवावासीको माग र आस्थालाई सम्मान गर्न आग्रह सहित गतवर्ष मागपत्र बुझाएपछि नगरप्रमुख केदार भण्डारीले हिन्दुहरूको आस्थाको पर्व र ऐतिहासिक रूपमा बर्सेनि निकालिँदै आएको डोला तथा रथयात्रालाई ध्यानमा राखेर मङ्सिर २१ गते बिदा दिनुहुने भएको हो ।

    जिल्लाको सदरमुकाम इनरुवामा भगवान् श्री रामचन्द्रको ‘रामराज्य रथयात्रा’ नगर परिक्रमा गरिने भएकाले त्यसमा कक्षा १० माथिका उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई समेत सहभागी गराउने गुठीका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभएको छ । सहभागीहरूले राम सीताको सम्बन्ध र अनुशासनले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु–गराउनुपर्ने उद्देश्यका साथ रथयात्रा निकालिने जनाएको छ ।(गोरखापत्र)

     

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer