• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘मायावी’ अब नयां मितिमा, महाशिवरात्रिमा आउने


  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । गत कात्तिक १५ गतेबाट पोष्टपोण्ड भएर आगामी पुस २६ गतेलाई सिनेमाघरमा आउने मिति तय रहेको चलचित्र ‘मायावी’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । अब यो चलचित्र आगामी फागुन १४ गते (महाशिवरात्रि)मा सिनेमाघरमा आउने भएको छ । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनित चलचित्र ‘मायावी’को आइतबार एक पोष्टरमार्फत् आगामी फागुन १४ गते (महाशिवरात्रि)लाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

    Advertisement

    यो मितिमा यसअघि चलचित्र ‘लाज शरणम्’ र त्यसको दुई दिनपछि अर्थात् फागुन १६ मा ‘होस्टेल ३’ले सिनेमाघरमा आउने मिति तय गरिसकेका छन् । दीवाकर भट्टराईको निर्देशन रहेको ‘मायावी’को सार्वजनिक पहिलो पोष्टरमा पल र दीपिका प्रस्तुत हुनुहुन्छ । जसमा समावेश दुई तस्वीरमध्ये एउटामा उहाँहरू रोमान्टिक भावमा चित्रित हुनुहुन्छ भने अर्कोमा पल भावुक देखिनुभएको छ । पृष्ठभूमिमा टल्किरहेको हिमालसहित फेवाताल र त्यहाँ तैरिएका एक जोडी डुंगा देख्न सकिन्छ । पोष्टरले चलचित्रको कथा प्रेम र वियोगमा केन्द्रित रहेको संकेत गर्छ ।

    निर्देशक भट्टराई स्वयंको लेखन रहेको चलचित्रको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने रहनुभएको छ । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोललगायतको अभिनय छ । राजुविक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खाँनको ट्रेलर तथा शम्भुजित बाँस्कोटा र एसडी योगीको संगीत छ चलचित्रमा ।

    महाशिवरात्रिमा तीन नेपाली चलचित्र
    ‘मायावी’ फागुन १४ गते सिनेमाघरमा आउने भएसँगै यो महाशिवरात्रिमा तीन नेपाली चलचित्र सिनेमाघरमा आउने भएका छन् । यसअघि फागुन १४ का लागि चलचित्र ‘लाज शरणम्’ले पनि प्रदर्शन मिति तोकेको थियो । त्यस्तै, फागुन १६ गते ‘होस्टेल ३’ रिलिज हुने तयारीमा छ । फागुन १४ गते महाशिवरात्रिको दिन भएकाले ‘मायावी’ र ‘लाज शरणम्’ एकै दिन प्रदर्शनमा आउनेछन्, भने ‘होस्टेल ३’ शुक्रबार प्रदर्शन हुनेछ ।

    ‘लाज शरणम्’ हाँस्य कलाकार कुमार कट्टेल (जिग्री)को निर्देशनमा बनेको छ । यो चलचित्रमा विजय बराल, महेश त्रिपाठी, रेनु योगी, सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज)लगायत कलाकारको अभिनय रहेको छ । निर्माता नवीन श्रेष्ठ र सह-निर्माता रामनरेश शाह हुनुहुन्छ ।

    ‘होस्टेल ३’ शृंखलाको तेस्रो भाग हो । सशान कँडेल निर्देशित यस चलचित्रमा पारस बम (कुल ब्वाय), रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खाँन, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायत कलाकारको अभिनय छ । यो चलचित्रको स्क्रिप्ट माधव शर्माले लेख्नुभएको हो । निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुनुहुन्छ भने कार्यकारी निर्माता शंकर कोइराला, सह–निर्माताहरू सुधा मरहठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहनुभएको छ ।

     

    मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer