काठमाडौं । नारायणगोपाल स्मृति सम्मान-२०८१ गीत लेखनतर्फ शिवशंकर थापा, संगीतकारतर्फ र बुलु मुकारुङ र गायनतर्फ कुमार बस्नेतलाई अर्पण गरिने भएको छ । स्वर सम्राट नारायणगोपालको पुण्य स्मृतिमा नारायणगोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार यसवर्ष उहाँहरूलाई अर्पण गर्न लागिएको जनाइएको छ ।
Advertisement
कोषको कार्यसमितिको बैठकको निर्णय बमोजिम नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालको राय, सल्लाह, निर्णयानुसार तीनै स्रष्टालाई ५१ हजार नगद राशीसहित ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिने जनाइएको छ । उक्त सम्मान नारायणगोपालको ३४औं पुण्य स्मृति २०८१ मंसिर १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पूर्ण अर्केष्ट्राका साथमा नयाँ तथा पुराना गायक/गायिकाहरूको स्वरमा नारायणगोपालका गीतसंगीतलाई भव्यरूपमा सांगीतिक कार्यक्रम गरी सु-सम्पन्न गरिने बताइएको छ ।




