☰
आइतबार, कार्तिक ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

छ दिनसम्म नाचेर मनाइयो पापानी पर्व


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • काठमाडौं । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राई समुदायले मनाउँदै आएको पापानी पर्व मङ्गलबार भव्यताका साथ सकिएको छ । कार्तिक पूर्णिमापछिको पहिलो मङ्गलबारदेखि नयाँ बाली भित्र्याएको खुसियालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउन सुरु गरिएको थियो । चाड सुरु भएपछि मुन्धुमविद्ले खुढाहाङ (कुलदेवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुलदेवता र पितृको पूजा गर्दै निरन्तर छ दिन छ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । आफ्नो मनोकामना पूरा होस् भनेर एक जोडी परेवा उडाएर खुढाहाङलाई सम्झने गरिन्छ ।

    Advertisement

    पापानी पर्वमा किराँत राईहरूले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै नाच्छन् । यो नाच एकअर्कासँग कुम जोडेर बाजाको तालमा तीन पाइला अघि र तीन पाइला पछि सरी नाच्ने गरिन्छ । यो पर्व कुलदेवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको सहिदभूमि गाउँपालिका–६, आँखीसल्लाका डिल्लीराज राई बताउनुहुन्छ । “अन्यले जसरी आफ्नो विधि अनुसार कुल पितृ सम्झेर आआफ्नो विधि अनुसार पूजाआजा गर्छन्, त्यस्तै गरी हाम्रो पनि नयाँ बाली भित्र्याएपछि आफ्नो विधि अनुसार पूजाआजा गर्छौं,” राई भन्नुहुन्छ । एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखीसल्लाका गढी गढीमा फरक फरक दिन मेला लागेको थियो । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको थियो । विभिन्न स्थानमा बस्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका व्यक्तिले यो चाड मनाउने गरेका छन् ।(गोरखापत्र)

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer