• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

त्रिदेशीय पर्यटन मेला ‘नाइस २०२५’ पर्यटन राजधानी पोखरामा हुने


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नाइस फर माइस एण्ड मोर भन्ने नाराका साथ नेपालको पर्यटन राजधानी पोखरामा ऐतिहासिक नेपाल इण्डिया चाइना एक्स्पो (नाइस २०२५) कार्यक्रम आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा आगामी २०२५ फेब्रुअरी २४ देखि २६ सम्म पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा नाइस २०२५ एक्स्पो हुने भएको हो । पाटा नेपाल च्याप्टर, पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्तरूपमा पोखरा पत्रकार सम्मेलन गर्दै नाइस २०२५ को घोषणा गरेका हुन् ।

    Advertisement

    नाइस २०२५ का संयोजक र पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य सुनील भट्टराईले पर्यटन क्षेत्रका सबै सरोकारवालालाई सक्रिय सहकार्य र समर्थनका लागि निमन्त्रणा गर्दै भन्नुभयो, ‘विश्व पर्यटन इतिहासमै पहिलोपटक तीनवटा मुलुक समावेश भई आयोजना गरिने ‘नाइस’ सम्भवतः पहिलो पर्यटन मेला हुनेछ, जुन नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एवं संघ संस्था एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार तथा त्रिदेशीय पर्यटनका नयाँ आयाम उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास गरेका छौँ ।

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाइस २०२५ नेपालकै पर्यटन राजधानी पोखरामा आयोजना हुन लागेकोमा खुसी र गर्व लागेका भन्दै नाइस २०२५ पोखरामा हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हुने बताउनुभयो । जसले पोखराको पर्यटनलाई उल्लेखनीयरूपमा प्रवद्र्धन गर्ने उहाँको भनाइ थियो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन बोर्ड र पाटा नेपालले पहिलोपटक विभिन्न स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय संघसंस्थासँग मिलेर त्रिदेशीय एक्स्पो आयोजना गर्ने घोषणा गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विशेष कार्यक्रमले विश्वकै दुर्ई ठूला आउटबाउन्ड बजारलाई नेपालमा ल्याएर कनेक्ट गर्नेछ । यो एक्स्पोले क्रेता र बिक्रेता जोड्ने लाभदायक व्यापार सम्झौता प्रोत्साहित गर्ने, ज्ञान आदानप्रदान गर्ने, विशिष्ट अनुभवात्मक यात्रा कार्यक्रम प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रभावशाली व्यक्तिहरूलाई नेपालको जीवन्त पर्यटन गन्तव्य र गतिविधि अनुभव गर्न दिने प्लेटफर्मका रूपमा काम गर्नेछ ।’

    पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडालले ऐतिहासिक एक्स्पोमा सयभन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय तथा सरोकारवाला गरी हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले पोखरा पर्यटन समुदायको सहयोग र सहकार्यले नाइस २०२५ लाई पोखराका लागि विशेष र प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
    (Himalaya times)

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer