• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग: जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले पराजित गर्यो । यो जनकपुरको दोस्रो जित हो । उद्घाटन खेल अर्थात् शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई आठ विकेटले पराजित गरेको थियो । जितसँगै जनकपुर बोल्ट्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    Advertisement

    अनिलको अविजित ६२ रन मद्दतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो । ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गर्नुभएको थियो ।

    अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गर्नुभएको थियो । आसिफले २९ बल खेल्दै दुई चौका र दुई छक्का मद्दतमा ३६ रन जोडनुभयो ।

    दोस्रो विकेटका लागि अनिल र लाहिरू मिलान्थाले ३३ रनको साझेदारी गर्नुभयो । अघिल्लो खेलमा विराटनगरविरुद्ध अर्धतशक बनाउनुभएका मिलान्थाले १३ बलमा दुई चौका र दुई चौका प्रहार गर्दै २४ रन बनाउनुभएको थियो ।

    जिम्मी निसमले अविजित १६ रन योगदान गर्नुभयो । आठ बलमा उहाँले दुई चौका र एक छक्का प्रहार गर्नुभएको थियो । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान एक विकेट लिनुभयो ।

    यसअघि भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सात विकेट गुमाई १४१ रन बनाएको थियो । अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोडेपछि कर्णालीको स्कोर हेर्न लायक बनेको थियो ।

    १९औँ ओभरमा हर्ष ठाकेरलाई दुई छक्का र दुई चौका प्रहार गर्नुभएका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट हुनुभयो । उहाँले २२ बल खेल्नुभएको थियो । अन्तिम ओभरमा २१ रन प्रहार गर्नुभएका सोमपाल १३ बलमा तीन चौका र एक छक्का प्रहार गरी २९ रनमा अविजित रहनुभएको थियो ।

    देव खनाल र धवन ओपनिङ जोडीका रूपमा आउनुभएको थियो । देवलाई एक रनमा ललित राजवंशीले बोल्ड गरिदिनुभयो भने धवनले तीन चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाउनुभयो । क्यानेडियन खेलाडी ठाकेरले धवनको अफ स्टम्प उडाइदिनुभयो ।

    मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई आठ र बाबर हायतलाई १२ रनमा आउट गर्नुभयो । २५ बल खेल्नुभएका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सक्नुभएन । हायत अघि न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसमले जेशन मक्सुदलाई शून्य रनमा बोल्ड गर्नुभएको थियो ।

    गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले २७ बल खेली एक चौका र तीन छक्का प्रहार गर्नुभएको थियो । मोहसिनले चार ओभरमा १४ रनमात्र खर्चेर दुई विकेट लिनुभयो । ललितले चार ओभरमा १६, किशोर महतोले चार ओभरमा २८ र ठाकेरले चार ओभरमा ४५ रन खर्चेर एक-एक विकेट लिनुभएको थियो ।

    जनकपुर बोल्ट्सका कप्तान अनिल साह जारी एनपिएलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । हालसम्म एनपिएलमा तीन अर्धशतक प्रहार भएका छन् ।

    चितवन राइनोजको विजयी सुरुवात
    यस्तै, एनपिएलको सोमबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको छ । सोहेल तान्भिरको पाँच विकेटको मद्दतमा चितवन राइनोजले विजयी सुरुवात गरेको हो । जितका लागि ११२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छँदै पाँच विकेट गुमाएर नै लक्ष्य भेट्टाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै मात्र १११ रन बनाएको थियो ।

    काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोड्नुभयो । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाउनुभयो । डान डाउथवेटले अविजित १९ र शंकर रानाले १६ रन बनाउनुभयो ।

    ११२ रनको सामान्य लक्ष्य चितवनका सन्तोष कार्की र शरद भेषावकरले छैटौँ विकेटमा ४३ रनको अविजित साझेदारी गर्दै जिताउनुभयो । सन्तोषले खेलकै सर्वाधिक २८ रन बनाउनुभयो । उहाँले ३१ बल खेली दुई चौका र एक छक्का तथा शरदले २१ बलमा ११ रन बनाउनुभयो ।
    काठमाडौंका शाहव आलमले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चनुभयो । जेहराड इरसमस र ड्यान डाउथवेटले एक-एक विकेट लिनुभयो ।

    आज दुई खेल हुँदै
    नेपाल प्रिमियर लिग (एनपिएल)मा आज (मंगलबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स र दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

    खेल तालीका

    मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer