• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रत्ननगर व्यापार महोत्सव सफल भएको छ: आयोजक


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । रत्ननगर वडा नं १ बसपार्क नजिकको खालीमैदानमा आयोजना गरिएको पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव बुधबार सकिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिएको हो । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा मंसिर ७ गतेबाट महोत्सव सुरु भएको थियो । महोत्सवको समापन कार्यक्रममा संरक्षणकर्मी र सामाजिक अभियान्ताहरुलाई सम्मान गरिएको छ ।

    Advertisement

    महोत्सव मुल समारोह समितिका संयोजक संजय लोप्चन लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा वन्यजन्तु संरक्षकर्मी तीर्थ लामा, गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा, विश्व उद्दार बौद्ध गुम्वा रत्ननगरका अध्यक्ष कृष्ण बहादुर तामाङ, रत्नप्रिय क्लवका अध्यक्ष वसन्त राना, प्रदेश खेलकुद परिषद सदस्य नविना खनियालाई सम्मान गरिएको महोत्सव मुल समारोह समितिका संयोजक सुर्यमान तामाङले जानकारी दिए ।

    महोत्सवको आयोजक क्लवले गामबेसीको चेपाङ संरक्षण केन्द्रका रु १० हजार रुपैया आर्थिक सहयोग समेत गरेको छ । कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा आयोजना गरिएको मिनी महोत्सवले आर्थिक संकटको बेला स्थानीय उत्पादनको किनमेलले आर्थिक विकासमा योगदान गरेको भन्दै महोत्सवबाट भएको आम्दानी सामाजिक क्षेत्रमा लगाउने भएकाले महोत्सवको विरोध गर्नुको अर्थ नरहेको बताए । समापन कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, रत्नप्रिय क्लवका अध्यक्ष वसन्त राना लगायतले मन्तव्य राखेका थिए ।

    स्थानीय उत्पादन प्रर्बधन र नवप्रतिभाको उजागर गर्ने हिसाबले महोत्सव सफल भएको आयोजकले दावी गरेको छ । महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत काम भएको सहसंयोजक तामाङले जानकारी दिए ।

    २०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको थियो । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer