• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: वैशाख २०८३

  • ५. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

स्पेसएक्सले रकेट पुन:प्रयोग गरी कीर्तिमान बनाउने


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्पेसएक्सले एउटा नयाँ रकेट पुन:प्रयोगको कीर्तिमान बनाउने भएको छ। यस पटक फाल्कन ९ रकेटले स्टारलिंक स्याटलाइटहरुलाई पृथ्वीको तल्लो कक्ष अर्थात् लो अर्थ अर्बिटमा पुर्‍याउन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बुधबार, डिसेम्बर ४ मा प्रक्षेपण गर्ने तालिका छ। प्रक्षेपणको लागि झन्डै दुई घण्टाको टाइम विण्डो बिहान ५:१३ बजे (ईएसटी) खोलिनेछ।

    Advertisement

    ईएसटी र जीएमटीबीच ५ घण्टाको फरक हुन्छ। यसरी ५:१३ ईएसटी भन्नाले १०:१३ हुन आउँछ जसलाई नेपाली समयमा रुपान्तर गर्दा त्यसमा ५:४५ जोड्नुपर्छ। यसरी हेर्दा फाल्कन ९ ले स्टारलिंकका स्याटलाइटहरुलाई नेपाली समय अनुसार आज अपराह्न ३ बजेर ५८ मिनेटमा लो अर्थ अर्बिटमा लैजाने स्पेस डटकमले उल्लेख गरेको छ।

    यो फाल्कन ९ रकेटको पहिलो चरणको २४औँ उडान हुनेछ, जसले २३ पटकको अघिल्लो कीर्तिमान तोड्नेछ। उडानपश्चात् यो पहिलो चरणलाई अटलान्टिक महासागरमा रहेको ड्रोन जहाज अ शर्टफल अफ ग्राभिटास मा सुरक्षित अवतरण गरिनेछ। अवतरण प्रक्षेपणको करिब आठ मिनेटपछि हुनेछ।

    त्यसैगरी रकेटको माथिल्लो भागले उडानको ६५ मिनेटपछि स्टारलिंक स्याटेलाइटहरूलाई कक्षमा छोड्ने योजना छ। स्पेसएक्सले यो प्रक्षेपणको प्रत्यक्ष प्रसारण एक्स (पहिले ट्विटर) मा प्रक्षेपणको पाँच मिनेटअघि सुरु गर्नेछ।

    फाल्कन रकेट परिवारको यो उपलब्धिले स्पेसएक्सको सफलता थप बलियो बनाएको छ। हालसम्म स्पेसएक्स ले ४०० भन्दा बढी सफल फाल्कन ९ प्रक्षेपण गरिसकेको छ र ३७७ पटक पहिलो चरणको सुरक्षित अवतरण गरिसकेको छ।

    इतिहासकै सबैभन्दा ठूलो स्याटेलाइट नेटवर्कका रुपमा रहेको स्टारलिंक निरन्तर विस्तार हुँदैछ। अहिले ६,७५० भन्दा बढी सक्रिय स्याटेलाइटहरूले काम गरिरहेका र यसले विश्वव्यापी इन्टरनेट सेवामा महत्वपूर्ण भूमिका खेलिरहेका स्पेस डटकमले उल्लेख गरेको छ।(एजेन्सी)

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer