• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लगातारको जितमा सुदूरपश्चिम र जनकपुर


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालमा यतिवेला निक्कै चर्चा छ नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको ।त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिगमा बिहीबार भएका दुई खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स विजयी भएका छन् । पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको हो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले हरायो । पोखरालाई हराउँदै जनकपुरले जितको हृयाट्रिक गरेको छ । जनकपुरले एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ भने सुदूरपश्चिमको यो दोस्रो जित हो । काठमाडौंको यो तेस्रो हार हो भने पोखराको दोस्रो हार हो ।

    Advertisement

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो । काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाउनुभयो । उहाँले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभएको थियो । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन बनाउनुभयो भने भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन बनाउनुभयो । यसबाहेक काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकको रन जोडन सकेनन् ।

    काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिनुभयो । ३.५ ओभर बलिङ गर्नुभएका नरेनले १९ रनमात्र खर्चिएर काठमाडौंका गेरहार्ड इरास्मस, एस्किनाजी, राशिद खान, करण केसी र साहब आलमलाई पभेलियनको दिशा देखाउनुभएको थियो । यस्तै, अविनाश बोहराले दुई विकेट लिनुभयो । तीन ओभर बलिङ गर्नुभएका अविनाशले एक मेडन फ्याँक्दै १२ रनमात्र खर्चिनुभयो । ब्रान्डन म्याकमुलम र सैफ जैबले समान एक-एक विकेट लिनुभयो ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ५३ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गर्नुभएको थियोे । म्याकमुलमलाई १२औँ ओभरको अन्तिम बलमा गेरहार्ड इरास्मसले साहब आलमबाट क्याच गराउनुभएको थियो ।

    ओपनर विनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाउनुभयो । १७-१ को स्थितिबाट विनोद र म्याकमुलमले ११४ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई १०३-२ को बलियो स्थितिसम्म पुर्‍याउनुभएको थियो ।

    विनोदलाई साहबले १३औँ ओभरको पहिलो बलमा एलबिडब्लूको धरापमा पार्नुभएको थियो । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन जोड्नुभयो । १९औँ ओभरको चौथो बलमा आउट हुनुभएका दीपेन्द्रले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । उहाँलाई करण केसीले माइकल लेभिटनबाट क्याच गराउनुभएको थियो ।

    ओपनर सैब जैबले ११ रन जोड्नुभयो । नौ बलमा एक छक्का प्रहार गर्नुभएका जैबलाई दोस्रो ओभरको अन्तिम बलमा राशिद खानले बोल्ड गर्नुभएको थियो । रोहन मुस्ताफालाई राशिदले नै १६औँ ओभरको अन्तिम बलमा बोल्ड गर्नुभएको थियो । उहाँले मात्र चार रन बनाउनुभएको थियो । १७औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि आरिफ सेखले तीन बलमा तीन रन बनाउनुभएको थियो ।

    काठमाडौंका राशिद खानले दुई विकेट लिँदा करण केसी, साहब आलम र गेरहार्ड इरास्मसले समान एक-एक विकेट लिनुभएको थियो ।

    यसैगरी आजको खेल विहान ९:१५ मा कर्णाली यक्स र चितवन रायनोज साथै दिउसो १:१५ मा लुम्विनी लायन्स र पोखरा एभेन्जर्स विच हुनेछ ।

    उत्कृष्ट लयमा जनकपुर
    नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा हालसम्म जनकपुर बोल्ट्स उत्कृष्ट लयमा देखिएको छ । टिममा देखिएको सन्तुलन खेलाडीले मैदानमा देखाइरहेका छन् । जनकपुर बोल्ट्सले बिहीबारको खेलसँगै लगातार तेस्रो जित हात पारेको छ । बिहीबार दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले जितको हृयाट्रिक गरेको हो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो । पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

    जनकपुरको जितमा लाहिरू मालन्थाले ४५ रन बनाउनुभयो । ३२ बल खेल्नुभएका उहाँले आठ चौका प्रहार गर्नुभयो । यस्तै, जेम्स निशमले ४० रन बनाउनुभयो । २० बल खेल्नुभएका उहाँले पाँच छक्का प्रहार गर्नुभयो । यस्तै, आसिफ शेखले ३३ बलमा ३३ र हर्स ठाकेरले १४ बलमा १३ रन बनाउनुभयो । शेखले तीन चौका प्रहार गर्दा ठाकेरले एक चौका हान्नुभयो । जनकपुरविरुद्ध फितलो बनेको पोखराबाट बलिङमा विपिन खत्री, माइकल लियस्क र कुशल भुर्तेलले समान एक/एक विकेट लिनुभयो ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन् । पोखराका लागि म्याट क्रिच्लेले सर्वाधिक ३५ रन बनाउनुभयो । ३० बल खेल्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो । माइकल लिस्कले १३ बलमा तीन छक्कासहित २५ रन बनाउनुभयो ।

    ओपनरद्वय दिनेश खरेल १० र एन्ड्रयु गाउसले २० रन बनाउनुभएको थियो । १६ बल खेल्नुभएका गाउसले तीन चौका र एक छक्का प्रहार गर्नुभयो । कप्तान कुशल भुर्तेलले फेरि निराश पार्नुभयो । उहाँलाई ललित राजवंशीले स्टम्प आउट गर्नुभयो । दीलिप नाथ ११ र रामोन रिफर १७ रनमा आउट हुनुभयो । ललितले चार ओभरमा ३१ रन खर्चेर तीन विकेट लिनुभयो । जिम्मी निशमले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिनुभयो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । पहिलो दुई खेल जितेको जनकपुर अंक तालिकाको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार बेहोरेको थियो ।(हिमालय टाईम्स)

    खेल तालीका

    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer