• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग क्रिकेट: जित निकाल्दै पोखरा एभेन्जर्स र कर्णाली याक्स


  •   शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली खेल जगतकै चर्चित एनपिएलमा आठ टोलीको सहभागिता छ भने यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भईरहेको छ । जसमा जनकपुर बोट्ल्स, विराटनगर किंग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स हुन् ।

    Advertisement

    नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएका दुई खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सले जित निकालेका छन् । बिहान भएको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीले पहिलो जित दर्ता गरेको हो भने दिउसो सम्पन्न भएको खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको शानदार जित निकालेको छ ।

    आन्द्रियस गौस र दीनेश खरेलको कीर्तिमानी साझेदारीप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको शानदार जित निकालेको छ । जारी प्रतियोगितामा पोखराको तेस्रो खेलमा यो पहिलो जित हो भने लुम्बिनीको लगातार दोस्रो हार हो । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

    अंकतालिकामा पोखराले खाता खोल्दा लुम्बिनी भने अंकविहीन छ । पोखराको जितपछि अंकतालिकामा पनि रोमाञ्चकता बढ्ने देखिएको छ । हाल तीन जितसहित जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्स चार अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, चार अंक रहेको चितवन राइनोज तेस्रो र दुई अंक रहेको कर्णाली याक्स चौथो तथा दुई अंक रहेको काठमाडौं गुर्खाज पाँचौँ र पोखरा छैटौँ स्थानमा तथा विराटनगर किङ्स सातौँ स्थानमा छ ।

    शुक्रबार गौसले शतक र दीनेशले अर्धशतक बनाएपछि लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाई भेट्टायो । प्रतियोगितामा यो विकेट आधारको सबैभन्दा ठूलो जित हो ।

    पोखराको जितमा ओपनर गौसले अविजित १०४ रन जोडनुभयो । गौसले ५५ बलमा १२ चौका र पाँच छक्का प्रहार गर्नुभएको थियोे । योसँगै उहाँ एनपीएलमा शतक बनाउने पहिलो ब्याटरसमेत बन्नुभयो । लुम्बिनीविरुद्ध गौसले २० बलमा अर्धशतक र ५४ बलमा शतक पूरा गर्नुभएको थियो । गौससँगै अविजित रहनुभएका अर्का ओपनर दीनेश खरेलले ६१ रन बनाउनुभयो । ४६ बल खेल्नुभएका दिनेशले समान चार चौका र छक्का प्रहार गर्नुभएको थियो ।

    पोखराका ओपनर आन्द्रियस गौस र दीनेश खरेलले १७६ रनको कीर्तिमानी साझेदारी बनाउनुभयो । जारी प्रतियोगितामा यो हालसम्मको सबैभन्दा ठूलो साझेदारी हो । गौस र दिनेशले यसअघि जनकपुरका हर्ष थाकेर र लहिरू मिलान्थाको नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । यसअघि थाकेर र मिलान्थाले विराटनगर किंग्सविरुद्ध ११६ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाउनुभएको थियो । पोखराविरुद्ध प्रभावहीन बनेको लुम्बिनीका सबै बलर विकेटविहीन रहे । लुम्बिनीले सात बलर प्रयोग गरे पनि कसैले विकेट निकाल्न सकेनन् ।

    शतकबाट पाँच रनले चुकेका रोहित
    त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो । इनिङको अन्तिम बलमा रनआउट भएका लुम्बिनीका रोहितले ९५ रन बनाउनुभयो । शतक बनाउन पाँच रनले चुकेका रोहितले ५९ बलमा १० चौका र चार छक्का प्रहार गर्नुभएको थियो । प्रतियोगितामा रोहित अर्धशतक बनाउने १०औँ ब्याटर बन्नुभएको छ ।

    ४६-३ को कठिन स्थितिबाट रोहितले चौथो विकेटका निम्ति टम मोरिससँग ११० रनको शतकीय साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हाल्नुभएको थियो । जारी प्रतियोगितामा चौथो विकेटका निम्ति बनेको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि चितवनका कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाउनुभएको थियो । कुशल र रविले पोखराविरुद्ध नै यो साझेदारी बनाउनुभएको थियो ।

    मोरिसले ४५ रन बनाउनुभयो । अर्धशतक बनाउन पाँच रनले चुकेका मोरिसले ३८ बलमा दुई चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । मोरिसलाई १९औँ ओभरको अन्तिम बलमा आन्द्रियस गौसले रनआउट गर्नुभएको थियो ।

    सन्दीप जोराले १८ रन बनाउनुभयो । सातौँ ओभरको पहिलो बलमा म्याट क्रिट्च्लीबाट एलबीडब्लूको धरापमा पर्नुअघि सन्दीपले १५ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभएको थियो । विवेक यादव दुई रनमा अविजित रहनुभयो ।

    त्यसअघि लुम्बिनीका दुवै ओपनर डक भएका थिए । ओपनर आशुतोष घिरैया पहिलो ओभरको तेस्रो बलमा विपिन खत्रीबाट एलबीडब्लू आउट हुनुभएको थियो भने अर्का ओपनर उन्मुक्त चन्द पनि चार बल खेल्दै रन नजोडी पभेलियन फर्किनुभएको थियो । उन्मुक्तलाई तेस्रो ओभरको दोस्रो बलमा विपिन खत्रीले रेमन रेफरबाट क्याच गराउनुभएको थियो ।

    पोखराका विपिन खत्रीले दुई विकेट लिनुभयो । तीन ओभर बलिङ गरेका विपिनले १८ रन खर्चिनुभयो । म्याच क्रिट्च्ली एक विकेट लिनुभयो ।

    कर्णालीको पहिलो जित
    एनपिएल क्रिकेटमा कर्णाली याक्सले पहिलो जित हात पारेको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीले पहिलो जित दर्ता गरेको हो । चितवनले दिएको १३० रनको लक्ष्य कर्णालीले अन्तिम ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । पहिलो जितसँगै कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै दुई अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

    कर्णालीका शिखर धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाउनुभयो । जिसान मक्सुदले अविजित १२ रन बनाउनुभयो । अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन आवश्यक थियो ।

    चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २–२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर, चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित सुनिश्चित गर्नुभयो । ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै कर्णालीलाई गतिलो सुरुवात दिलाउनुभएको थियो । यो जोडीले पहिलो विकेटका लागि ९.५ ओभरमा ५३ रनको साझेदारी गरेको थियो । देव २५ रन बनाएर चितवनका कप्तान कुशल मल्लबाट एलबिडब्लु धरापमा पार्नुभयो । उहाँले ३४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्नुभयो । धवनले १६औँ ओभरको दोस्रो बलमा लफ्टी इटनबाट कट एण्ड बोल्ड हुनुअघि ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरी ४५ रन बनाउनुभयो । बलिङमा कुशल मल्ल, जान लफ्टी इटन र रवि बोपाराले १-१ विकेट लिनुभयो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको थियो । चितवनका लागि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाउनुभयो । बोपाराले ४० बलमा अविजित ५९ रन बनाउनुभयो । उहाँले ७ चौका र १ छक्का प्रहार गर्नुभयो । इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरेका अर्का भेट्रान शरद् भेषावकर ३ बलमा ६ रन बनाई अविजित रहनुभयो । दीपक बोहरा ८ र विपिन रावल ११ रनमा आउट हुनुभयो । बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटमा ४९ बलमा ६० रन जोड्नुभएको थियो । मल्लले २७ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउनुभयो ।

    कर्णालीका विपिन शर्माले ४ ओभरमा २१ रनमात्र खर्चेर ३ विकेट लिनुभयो । उहाँले १७ औँ ओभरमा यान निकोलास लफ्टी इटोन (९) र सोहेल तनवीर (०) लाई आउट गर्नुभएको थियो । १९औँ ओभरमा उहाँले अमरसिंह राउटेलालाई ९ रनमा बोल्ड गर्नुभयो । जिसन मक्सुदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिनुभयो । सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिनुभयो । चितवनले पहिलो दुवै खेल जितेको थियो भने कर्णालीले पहिलो दुवै खेल हारेको थियो । चितवनले यसअघिका खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो । याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो ।

    अंकतालिकामा पोखराले खाता खोल्दा लुम्बिनी अंकविहीन
    अंकतालिकामा पोखराले खाता खोल्दा लुम्बिनी भने अंकविहीन छ । पोखराको यो जितपछि अंकतालिकामा पनि रोमाञ्चकता बढ्ने देखिएको छ । हाल तीन जितसहित जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्स चार अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, चार अंक रहेको चितवन राइनोज तेस्रो र दुई अंक रहेको कर्णाली याक्स चौथो तथा दुई अंक रहेको काठमाडौं गुर्खाज पाँचौँ र पोखरा छैटौँ स्थानमा तथा विराटनगर किङ्स सातौँ स्थानमा छ ।

    आज दुई खेल
    नेपाल प्रिमियर लिग (एनपिएल)मा आज (पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ भने दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच) दुई खेल हुँदै छन् । आगामी पुस ६ गतेसम्म हुने एनपिएलमा कुल ३२ खेल सञ्चालन हुनेछन् र फाइनल खेल पुस ६ गते हुनेछ ।

    शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer