• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एनपिएलमा जनकपुर बोल्ट्सको चौथो जित, सुदूरपश्चिम रोयल्सको पहिलो हार


  •   सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लगातार चौथो जित दर्ता गरेको छ ।

    Advertisement

    लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार चौथो जित दर्ज गरेको हो ।

    जनकपुरको जितमा हर्ष थाकेरले घातक बलिङ गरे । ४ ओभर बलिङ गरेका उनले ५ विकेट लिए । उनले २३ रन मात्रै खर्चिए ।

    शेर मल्ल, ललित राजवंशी र किशोर महताले समान १–१ विकेट लिए ।

    जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमा समेटियो ।

    कप्तान रोहित पौडेलले ३५ र टम मूर्सले ३१ रन बनाए । अर्जुन साउँदले २० रन जोडे भने आशुतोष घिरैयाले ८ रन मात्रै जोड्न सके ।

    बेन कटिङले ३ रनको योगदान दिँदा सन्दीप जोरा अन्तिम बलमा १६ रन बनाउँदै आउट भए । साद बिन जफर शून्य रनमा आउट हुँदा दुर्गेश गुप्ता ५ रनमा नट आउट रहे ।

    त्यसअघि टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

    जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।

    लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन जोडे । आसिफ शेख १० बलमा १६ रन बनाए ।

    हर्ष थाकेर, जेम्स निशाम समान १–१ रन जोडे । मोहम्मद मोहसिनले ३ रनको योगदान दिए । हेमन्त धामीले ९ रन जोडे ।

    लुम्बिनीका लागि अभिषेक गौतमले सर्वाधिक ३ विकेट लिए । रोहित पौडेल र साद बिन जफरले समान २–२ विकेट लिए । सन्दीप जोराले १ विकेट लिए ।

    लुम्बिनीले लगातार ४ खेलमा हार बेहोरेर दबाबमा छ । आजको खेल गुमाएसँगै उसको प्लेअफ सम्भावना कठिन बनेको छ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भयो ।

    जनकपुरले भने लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाएको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, पोखरा र लुम्बिनीलाई पराजित गरेको छ ।

    चितवन राइनोजसँग हार्‍यो सुदूरपश्चिम रोयल्स
    यस्तै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ ।

    आज भएको खेलमा चितवन राइनोजसँग पराजित भएसँगै सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको हो ।

    चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रनमा समेटियो ।

     

    सुदूरपश्चिम रोयल्सलाई सस्तैमा समेट्न चितवन राइनोजका सबै बलरले उत्कृष्ट बलिङ गरे । रिजन ढकाल, कुशल मल्ल, जन निकोल लोफ्टी ईटन र अमरसिंह रौटेलाले समान २–२ विकेट लिए । रञिजत कुमार र सोहेल तनबीरले समान १–१ विकेट लिए ।

    सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन बनाउनु बाहेक अन्य ब्याटरले उत्कृष्ट प्रर्दशन गर्न सकेनन् । सैफ जैबले १८ रन बनाउँदा विनोद भण्डारी १० रनमा आउट भए ।

    ब्रान्डन मक्मेलनले १३ रनको योगदान दिए भने दिलप्रीत बाजवा १२ रनमा एलबीडब्लुको धरापमा परे ।

    आरिफ शेख लगातार फ्लप भइरहेका छन् । उनि आजको खेलमा पनि ४ रनमा आउट भए ।

    कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमा क्याच आउट भए भने नरेश बुढाऐर पनि ५ रनमा आउट भए ।

    स्कट कुग्गेलिजनले १६ रनको योगदान दिए भने नरेन साउँद १० रनमा कट एण्ड बोल्ड भए । अभिनाष बोहरा शून्य रनमा नट आउट रहे ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोड्यो ।

    चितवन राइनोजका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । सन्तोष कार्कीले ९ रनको योगदान दिए ।

    बिपीन रावलले १७ रन जोड्दा कप्तान कुशल मल्ल १९ रनमा आउट भए । रवि बोपाराले ३६ रनको योगदान दिए । जान निकोल लोफ्टी ईटन २ रन र अमरसिंह रौटेला ६ रनमा नट आउट रहे ।

    बलिङमा सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिजनले सर्वाधिक २ विकेट लिए । ब्रान्डन मक्मेलन र सैफ जैब र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

    खेल तालीका

    सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer