• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग: प्लेअफमा पुग्ने सपना लुम्बिनीको अधुरै, ब्रायन लारा एनपिएल हेर्न आउने


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको छ । काठमाडौंसँग पराजित भएसँगै लुम्बिनी एनपिएल-२०२४ को प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । लुम्बिनी एक खेलअगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जित्दा पाँच खेलमा हार बेहोरेको छ । लुम्बिनीले अब अन्तिम खेल जिते पनि प्लेअफ पुग्ने सम्भावना छैन भने जितसँगै काठमाडौंले प्लेअफ पुग्ने सम्भावना बढाएको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्ने छ ।

    Advertisement

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो । काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।

    काठमाडौंविरुद्ध लुम्बिनीका सन्दीप जोराले सर्वाधिक २६ रन बनाउनुभएको थियो । उहाँले २९ बलमा दुई चौका प्रहार गर्नुभएको थियो ।
    उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १९ रन बनाउनुभयो भने सूर्य तामाङले अविजित रन जोड्नुभयो । लुम्बिनीका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

    लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आठ रनमा पभेलियन फर्किनुभयो । यस्तै, ओपनर आशुतोष घिरैया चार, अर्जुन साउद तीन, टम मुरेस ६ र विवेक यादव दुई रनमा पभेलियन फर्किनुभयो । लुम्बिनीका साद बिन जफर ‘गोल्डेन डक’ हुनुभयो भने रेमोन सिमोन्ड्स पनि ‘डक’ हुनुभयो ।

    लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौंका कप्तान करण केसीले चार विकेट लिनुभएको थियो । चार ओभर बलिङ गर्नुभएका करणले १६ रनमात्र खर्चिनुभयो । दीपेश कँडेलले तीन विकेट लिनुभयो । दिपेशले चार ओभर बलिङ गर्दा ६ रनमात्र खर्चिनुभयो । गेरहार्ड इरास्मसको नाममा दुई विकेट रहृयो भने राशिद खानले एक विकेट लिनुभयो ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । सो क्रममा काठमाडौंका भीम सार्कीले सर्वाधिक ३१ रन बनाउनुभएको थियो । उहाँले ४० बलमा एक चौका प्रहार गर्नुभयो । डान डाउथवेटले २४ बलमा दुई छक्कासहित २१ बनाउनुभयो भने प्रतीक श्रेष्ठले १४ बलमा दुई छक्कासहित २० र स्टेफन एस्किनाजीले १६ बलमा दुई चौकासहित १३ रन बनाउनुभएको थियो । यसबाहेक काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    काठमाडौंविरुद्ध लुम्बिनीका साद बिन जफरले तीन विकेट लिनुभएको थियो । चार ओभर बलिङ गर्नुभएका जफरले २१ रन खर्चिनुभयो । रेमोन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट लिनुभयो भने सूर्य तामाङ र विवेक यादवको नाममा समान एक-एक विकेट रहृयो । करण प्लेयर अफ दि म्याच बन्नुभयो ।

    जितसँगै चार अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । काठमाडौंले चार खेलबाट चार अंक जोडेको छ ।

    प्रतियोगितामा छैटौँ खेल खेलेको लुम्बिनीको यो पाँचौँ हार हो । लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटको, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको साँघुरो हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको थियो ।

    जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिम शीर्षमा
    नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । स्पिनरहरूको दबदबापछि सुदूरपश्चिमले लो स्कोरिङ खेलमा महत्वपूर्ण विजय हात पारेको हो । सुदूरपश्चिमका बलरको घातक बलिङसामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदै अलआउट भयो । जारी एनपिएलमा यो सबैभन्दा न्यून स्कोर हो ।

    एनपिएलमा जनकपुरको यो पहिलो हार हो । पहिलो हारसँगै जनकपुरले प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । पाँच खेलपछि जनकपुर र सुदूरपश्चिमको समान आठ अंक भएको छ । सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । जनकपुरसँग आठ रन भए पनि सुदूरपश्चिम राम्रो रन रेटका आधारमा शीर्ष स्थानमा छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हरमित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुई-दुई विकेट लिनुभयो । सैफ जैब र नरेन साउदले समान १ विकेट लिनुभयो । स्कट कुगुलेइनेले बलिङ गरेको पहिलो बलमै विकेट लिनुभयो ।

    यसअघि बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन बनाएको थियो । सुदूरपश्चिमका विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाउनुभयो । ३७ बल खेल्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो । यस्तै, सैब जैबले २१ रन बनाउनुभयो । २१ बल खेल्नुभएका उहाँले दुई छक्का प्रहार गर्नुभयो । यसैगरी इशान पाण्डेले १७ र ब्राण्डन मुलेनले १० रन बनाउँदा अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई कम रनमै रोक्न जनकपुरका किशोर महतोले एक्लैले चार विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका उहाँले ३५ रन खर्चेर महत्वपूर्ण चार विकेट लिनुभएको हो । यस्तै, शेर मल्ल र अरनिको यादवले समान दुई/दुई विकेट लिनुभयो भने हर्ष ठाकेरले एक विकेट लिनुभयो ।

    लिगको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स आठ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमसँग हारेसँगै अपराजित यात्रामा पूर्णविराम लागेको जनकपुर आठ अंकसहित दोस्रो स्थानमा छ । पाँच खेलबाट समान ६ अंक बनाएको चितवन राइनोज र कर्णाली याक्स क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

    ब्रायन लारा एनपिएल हेर्न नेपाल आउने

    वेष्ट इण्डिजका विश्व प्रख्यात क्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न नेपाल आउनुहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महान् क्रिकेटर लारा एनपिएल हेर्न नेपाल आउन लागेको जानकारी दिएको हो । तर, क्यानले लारा नेपाल आउने समय भने खुलाएको छैन । लारा एक टेस्टमा चार सय रन प्रहार गर्ने एकमात्र ब्याट्सम्यान हुनुहुन्छ ।

    उहाँले वेष्ट इण्डिजका लागि १३१ टेस्ट खेल्दै ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९५३ रन बनाउनुभएको छ । यस्तै उहाँले २९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतक हान्दै १० हजार ४०५ रन बनाउनुभएको छ ।

    खेल तालीका 

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer