• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग: काठमाडौंलाई हराउँदै जनकपुर प्लेअफमा


  •   शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको हो । काठमाडौंले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

    Advertisement

    प्रतियोगितामा छैटौँ खेल खेलेको जनकपुरको यो पाँचौँ जित हो । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।

    जनकपुरको जितमा जिम्मी निसमले १७ बलमा एक चौका र तीन छक्कासहित २७ रन बनाउनुभयो । ४४-४ को कठिन स्थितिबाट निसमले पाँचौँ विकेटका निम्ति हर्ष ठाकेरसँग ३३ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्‍याउनुभएको थियो ।

    अविजित रहनुभएका ठाकेरले २५ बलमा एक चौका र एक छक्कासहित २५ रन बनाउनुभयो । ठाकेरसँगै अविजित रहनुभएका मोहमद मोहसिनले सात बलमा तीन चौकासहित १३ रन बनाउनुभयो । जनकपुरका कप्तान लाहिरू मिलान्थाले १६ रन बनाउँदा कप्तान अनिल साहले ११ रन बनाउनुभयो । सुवास कंसाकारले पाँच र आसिफ सेखले दुई रन बताउनुभयो ।

    काठमाडौंका कप्तान करण केसीले दुई विकेट लिनुभयो । साहब आलम, गेरहार्ड इरास्मस र दिपेश कँडेलको नाममा समान एक विकेट रहृयो ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । काठमाडौंका गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाउनुभयो । उहाँले २ चौका प्रहार गर्नुभएको थियो भने कप्तान करण केसीले १३ बलमा दुई चौका र एक छक्कासहित १९ रन बनाउनुभएको थियो । साहब आलम आठ रनमा अविजित रहनुभयो ।

    ओपनर स्टेफन एस्किनजीले १९ बलमा दुई चौकाहित १७ रन जोड्नुभयो । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
    त्यसअघि काठमाडौंले ओपनर माइकल लेभिटलाई आठ र भीम सार्कीलाई चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । राशिद खानले सात, प्रतीक श्रेष्ठले ६ र राशिद खानले एक रन बनाउनुभयो । काठमाडौंका सुमित महर्जन र दिपेश कँडेल ‘डक’ हुनुभएको थियो ।

    काठमाडौंविरुद्ध जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका ललितले दुई मेडन फ्याँक्दै आठ रनमात्र खर्चिनुभयो । उहाँले काठमाडौंका स्टेफन एस्किनाजी, सुमित महर्जन र प्रतीक श्रेष्ठको विकेट लिनुभयो ।
    योसँगै ललित प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बन्नुभएको छ । उहाँले हालसम्म ६ खेल खेल्दा ११ विकेट लिनुभएको छ भने जनकपुरकै किशोर महतोले ६ खेलमै १० विकेट लिनुभएको छ ।

    ललितबाहेक शेर मल्लले पनि तीन विकेट लिनुभयो । ३.३ ओभर बलिङ गर्नुभएका शेरले ११ रन खर्चिनुभयो । शेरले डान डाउथवेट, करण केसी र दिपेश कँडेलको विकेट लिनुभयो । मोहमद मोहसिनले दुई विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका मोहसिनले २० रनमात्र खर्चिनुभएको थियो । उहाँले भीम सार्की र गेरहार्ड इरास्मसलाई पभेलियनको दिशा देखाउनुभएको थियो । यस्तै, किशोर महतो र अरनिको यादवले समान एक–एक विकेट लिनुभयो । किशोरले माइकल लेभिट र अरनिकोले राशिद खानको विकेट लिनुभएको थियो ।

    जितसँगै ६ खेलबाट १० अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट चार अंक जोडेको काठमाडौं तालिकाको चौथो स्थानमा छ । काठमाडौंले यसअघिका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णालीविरुद्ध तीन विकेटले पराजित भएको काठमाडौंले चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पुनः ७३ रनको हार बेहोरेको थियो । चौथो खेलमा भने काठमाडौंले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको थियो ।

    सुपर ओभरमा पोखरासँग विराटनगर पराजित
    यसैबीच, नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार भएको पहिलो खेलमा विराटनगर किङ्स पराजित भएको छ । सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगरलाई १३ रनले पराजित गरेको हो । यो जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावनालाई जीवितै राखेको छ । हारले विराटनगरलाई कठिन मोडमा पुर्‍याएको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको विराटनगरले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर समान १४० रन कटाउन नसक्दा खेल सुपर ओभरमा धकेलिएको हो ।

    सुपर ओभरमा पोखराले सुरुवाती ब्याटिङ गरेको थियो । मैदानमा रेमन रिफर र आन्द्रेश गौसको जोडीले स्पिनर सन्दीप लामिछानेले फ्याँकेको ६ बलमा १७ रन जोड्नुभयो । सुरुवाती दुई बलमा रिफरले छक्का प्रहार गरेपछि पोखराले बलियो योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलस किर्टोनको जोडीले रिफरको बलमा मात्र पाँच रन बनाउन सक्नुभयो ।

    पोखराले पाँच खेल खेल्दा दोस्रो खेलमा जित हासिल गरेको हो । बाँकीका दुई खेलमा राम्रो रनरेटमा विजयी प्राप्त गर्ने हो भने पोखराले प्लेअफमा स्थान बनाउने सम्भावना छ । गणितीय हिसाबमा झिनो आशा अझै बाँकी रहेको विराटनगरको यो चौथो हार हो ।

    अब विराटनगरले आगामी दुई खेलमा जित त हासिल गर्नुपर्ने छ नै, विपक्षी टोलीको नतिजाले पनि उसको प्लेअफ समीकरणको छिनोफानो गर्ने छ । व्यावहारिक हिसाबमा हेर्ने हो भने विराटनगरको शीर्ष चारभित्र अटाउने सम्भावना एकदमै न्यून छ ।(हिमालय टाईम्स)

    आजको खेल

    शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer