• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मैत्रीपूर्ण फुटबलमा काठमाडौंका जनप्रतिनिधिको सहज जित


  •   शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई पराजित गरेको छ । ३०औँ महानगर दिवसका अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा प्रमुख ११ र प्रमुख प्रशासकीय ११ को भिडन्त भएको हो । खेलमा प्रमुख ११ को टिमले पाँच गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले दुई गोल गरेको थियो ।

    Advertisement

    जनप्रतिनिधिको नेतृत्व मेयर बालेनले र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गर्नुभएको थियो । उहाँहरू दुवैले ६० मिनेटको पूरा अवधि खेल्नुभएको थियो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गराउनुभएको थियो ।

    प्रमुख ११ का तर्फबाट महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले एक गोल, सन्तोष ढुंगेलले दुई गोल, नवीन भण्डारीले एक गोल र विनय शाक्यले एक गोल गर्नुभएको थियो । खेलको दोस्रो हाफमा बालेनले पेनाल्टीबाट गोल गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले दुई गोल गर्नुभएको थियो ।

    महानगर दिवसका अवसरमा आज (शुक्रबार) परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

    मंसिर २९ गते शनिबार बिहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुने छ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुने जनाइएको छ । त्यसै अवसरमा विभिन्न क्षेत्रगतरूपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सम्मान कार्यक्रम हुने छ ।

    ९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरूको स्टल, एक वडा एक नमुना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुने छ । दिउँसो ३ बजेदेखि ब्याण्ड तथा कलाकारहरूको सांगीतिक प्रस्तुति हुने कार्यतालिका रहेको छ ।

    शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer