• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग: विराटनगरको दोस्रो जित, लुम्बिनीको यात्रा समाप्त


  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सले दोस्रो जित दर्ता गरेको छ । विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपिएलमा दोस्रो जित निकालेको हो । शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ । विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ ।

    Advertisement

    विराटनगरले एनपिएलको आफ्नो अन्तिम खेलमा काठमाडौं गुर्खाजसँग खेल्दै छ । शीर्ष चारको दौडमा रहेको काठमाडौं विराटनगरलाई हराउने रणनीतिमा हुने छ । सो खेलमा विराटनगरले जित निकाले पनि विराटनगर शीर्ष चारमा पुग्न कठिन छ । सो खेलमा विराटनगरलाई जित निकालेर मात्र पुग्दैन अन्य खेलमा काठमाडौं र पोखराको अन्य खेलको नतिजा पनि महत्वपूर्ण रहने छ । काठमाडौं र पोखरासँगै चितवनको खेलको नतिजा र नेट रनरेट पनि विराटनगरका लागि उत्तिकै आवश्यक छ ।

    यता विराटनगरसँगको हारले चितवनको प्लेअफ यात्रामा भने धक्का पुगेको छ । चितवनले लिगको आफ्नो अन्तिम खेलमा आज (शनिबार) जनकपुर बोल्ट्सविरुद्ध खेल्दै छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । एनपिएलमा उपाधि दाबेदार टोलीका रूपमा रहेको बलियो जनकपुरलाई हराउन चितवनलाई केही कठिन भने पक्कै पर्ने छ ।

    एनपिएलको ६ खेलमा तीन खेलमा जित र तीन खेलमा नै हार भोगेको चितवन ६ अंकका साथ तालिकाको चौथो स्थानमा यथावत् छ । चितवनले अन्तिम खेलमा पनि हार भोगेको अवस्थामा काठमाडौं, पोखरा र कर्णालीको नतिजाले पनि असर गर्ने छ ।

    शुक्रबार विराटनगरले दिएको १८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउन सक्यो । अमर राउटेलाले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा तेस्रो पराजय भोग्न बाध्य भयो । राउटेला लोकेश बमको बलमा क्रिस सोलेको हातबाट क्याच आउट हुनुभएको थियो ।

    ओपनर सन्तोष कार्की २८ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुभयो भने कप्तान कुशल मल्ल २५ रन बनाउँदा क्रिस सोलेको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट हुनुभएको थियो । रवि बोपाराले २० रन बनाउँदा सुवास भण्डारीको बलमा बोल्ड हुनुभएको थियो ।

    विराटनगरका लागि सन्दीप लामिछानेले दुई विकेट झार्नुभयो भने क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बलमे समान एक-एक विकेट लिनुभएको थियो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको थियो ।

    बसिर अहमद ६८ र राजेश पुलामी ३३ रनमा अविजित रहनुभयो । मध्यक्रममा ब्याटिङमा आउनुभएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रहृयो । उहाँले ४४ बलमा चार चौका र चार छक्का प्रहार गर्नुभएको थियो । उहाँले ३९ बलमा अर्धशतक पूरा गर्नुभएको थियो ।

    पाचौँ विकेटका लागि मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्स उकास्नुभएको थियो । विराटनगर एक समय ६.२ ओभरमा ४-३३ को अवस्थामा थियो ।

    ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पभेलियन फर्कनुभएको थियो । ३५ बलमा एक चौका र चार छक्का प्रहार गर्नुभएका गप्टील कुशल मल्लको बलमा बोल्ड आउट हुनुभएको थियो । लोकेश बम शून्य रनमा नै रिजन ढकालको बलमा बोल्ड आउट हुनुभयो भने दीपक बोहोरा चार रनमा रिजनकै बलमा बोल्ड हुनुभयो ।

    स्कट इडवार्ड शून्य रनमा पभेलियन फर्कंदा निकोलस किर्तोनले आठ रन बनाउनुभयो । उहाँ बसिर हमिदको बलमा एलबिडब्लु धरापमा पर्नुभएको थियो ।

    चितवनका लागि रिजन ढकालले दुई विकेट लिनुभएको थियो भने सोहेल तनविर, बसिर हकिद र कुशल मल्लले समान एक–एक विकेट लिनुभयो ।

    कर्णालीको प्लेअफ सम्भावना बलियो
    नेपाल प्रिमियर लिग (एनपिएल)-२०२४ को आफ्नो अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले हार बेहोरेको छ । शुक्रबार भएको खेलमा कर्णाली याक्ससँग लुम्बिनी पाँच रनले पराजित भएको हो । योसँगै लुम्बिनीले प्रतियोगिताका सात खेलमा एक जित र ६ हारको नतिजासहित आफ्नो यात्रा टुंग्याएको छ ।

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

    जितसँगै कर्णालीले भने आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीका टम मुरेसले सर्वाधिक ३६ रन बनाउनुभए पनि टिमको हार टार्न सक्नुभएन । उहाँले ३५ बलमा चार चौका र एक छक्का प्रहार गर्नुभएको थियो । ४०-३ को स्थितिबाट मुरेसले पाँचौँ विकेटका निम्ति सन्दीप जोरासँग ५१ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हाल्नुभएको थियो ।

    सन्दीपले २१ बलमा दुई छक्कासहित २४ रन जोड्नुभयो भने ओपनर आशुतोष घिरैयाले २१ बलमा दुई चौकासहित १६ रन बनाउनुभयो । अर्जुन साउदले ६ बलमा तीन चौका प्रहार गर्दै १३ रन थप्नुभयो । कप्तान रोहितकुमार पौडेल व्यक्तिगत १० रनमा पभेलियन फर्किनुअघि आठ बलमा दुई चौका प्रहार गर्नुभएको थियो ।

    कर्णालीका जिसान मक्सुदले दुई विकेट लिनुभयो । कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले समान एक विकेट लिनुभयो ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल बनाएको थियो ।
    कर्णालीबाट विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाउनुभयो । उहाँले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गर्नुभएको थियो । अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाउनुभयो ।

    ४७-४ को स्थितिबाट यी दुईले पाँचौँ विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक योगफलसम्म पु¥याउनुभएको थियो ।

    ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्कासहित २० रन बनाउनुभयो भने चान्डविक वाल्टनले १५ बलमा एक छक्कासहित १३ रन जोड्नुभयो । यसबाहेक कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    लुम्बिनीका विकास अग्रीले तीन विकेट लिनुभयो भने दुई ओभर बलिङ गर्नुभएका अग्रीले १४ रनमात्र खर्चिनुभयो । तिलक भण्डारीले दुई विकेट लिनुभयो भने रेमोन सिमोन्ड्स, साद बिन जफर र रोहितकुमार पौडेलले समान एक-एक विकेट लिनुभएको थियो ।

    लिगका सुरुवाती दुई खेलमा हार बेहोरे पनि कर्णालीले त्यसपछिका तीन खेलमा भने लगातार जित निकालेको थियो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध तीन विकेटले पराजित भएको थियो ।

    त्यसपछि कर्णालीले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेट, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रन र पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको जित निकालेको थियो ।

    लुम्बिनीले भने सात खेलबाट दुई अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । लुम्बिनीले प्रतियोगिताको सुरुवाती चार खेलमा लगातार हार बेहोरेको थियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेट, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेट, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको हार बेहोरेको थियो ।

    पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकाले पनि छैटौँ खेलमा लुम्बिनीले काठमाडौं गुर्खाजसँग १८ रनको हार बेहोरेको थियो ।

    आजको खेल 

    शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer