• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एनपिएल रोचक बन्दै, काठमाडौं गुर्खाज शीर्ष चारमा, चितवन राइनोजको प्लेअफ सम्भावना बलियो


  •   आइतबार, पुष ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल)को शीर्ष चारको होडमा फर्किएको छ । शनिबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौं शीर्ष चारको होडमा फर्किएको हो । उक्त खेलमा काठमाडौंले पोखरालाई ३५ बल बाँकी हुँदै सहज जित हात पारेको थियोे । यही जितबाट प्राप्त दुई अंकसहित काठमाडौंले शीर्ष चारमा पर्ने सम्भावनाको ढोकालाई थप बलियो बनाएको छ । १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन एस्कान्जीले ३४ बलमा ६० रन बनाउनुभयो । माइकल लेभिटले १८ बलमा ३२, भीम सार्कीले २० बलमा २२ रनको योगदान दिनुभयो ।

    Advertisement

    एनपिएलको प्लेअफमा पुग्न काठमाडौंले लिग चरणको अन्तिम खेल जितेर मात्र पुग्दैन, अन्य खेलको नजिता पनि आफू अनुकूल आउनुपर्ने छ । काठमाडौंले आइतबार विराटनगर किंग्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ । हारसँगै पोखरा शीर्ष चारको दौडबाट लगभग बाहिरिएको छ । उसको अब प्लेअफ पुग्ने सम्भवना अंकगणितीय रूपमा मात्र बाँकी छ । ६ खेलबाट अंकतालिकामा चार अंक पाएको पोखराले अब लिगको अन्तिम खेल जितेर मात्र पुग्दैन । नेट रनरेट र अन्य खेलको नतिजा पनि पक्षमा आउनुपर्ने छ ।

    बलिङमा पोखराका विपिन खत्रीले तीन ओभरमा १९ रन खर्चेर तीन विकेट लिनुभयो । माइकल लिस्कले एक विकेट लिनुभयो । त्यसअघि कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाउनुभयो । ३० बल खेल्नुभएका उहाँले एक चौका र तीन छक्का प्रहार गर्नुभयो ।

    यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा ३८ रन बनाउनुभयो । उहाँले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोड्नुभएको थियो । यस्तै दिलिप नाथले २४ बलमा दुई छक्का मद्दतमा २७ रन बनाउनुभयो । बलिङमा काठमाडौंका कप्तान करण केसी र रासिद खानले ३-३ विकेट लिनुभयो । करणले चार ओभरमा २४ र रासिदले चार ओभरमा ४३ रन खर्चिनुभयो ।

    चितवनको प्ले अफ सम्भावना बलियो
    जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकाल्दै चितवन राइनोजले एनपिएलको प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । जितसँगै चितवनले सात खेलमा आठ अंक जोडेको छ । पराजित जनकपुरको समान खेलबाट १० अंक छ । जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

    चितवनको यो जितसँगै विराटनगर किंग्स र पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना भने समाप्त भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा समेटियो । जनकपुरका लागि जिमी निसमले ६५, आसिफ शेखले २३, शुभ कंसाकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाउनुभयो ।

    चितवनका लागि सोहेल तन्विर, रिजन ढकाल र कप्तान कुशल मल्लले समान दुई तथा अमरसिंह रौटेलाले एक विकेट लिनुभयो । रिजन ढकालले पहिलो ओभरको अन्तिम बलमा कप्तान अनिलकुमार साहलाई व्यक्तिगत आठ रनमा सोहेल तन्विरबाट क्याच गराउनुभयो ।

    दोस्रो ओभरको अन्तिम बलमा सोहेलले लाहिरू मिलान्थालाई एलबिडब्ल्युको धरापमा पार्नुभयो । उहाँले एक रनमात्र बनाउन सक्नुभयो ।
    पाँचौँ ओभरको पाँचौँ बलमा ६ रन बनाएर खेलिरहनुभएका हर्ष ठाकेर आउट हुनुभयो । कुशल मल्लले नवौँ ओभरको दोस्रो बलमा शुभ कंसाकारलाई बोल्ड गर्नुभयोे । उहाँले १२ बलमा दुई चौका र एक छक्काको मद्दतले १५ रन बनाउनुभयो ।

    आसिफ शेख १०औँ ओभरको चौथो बलमा पभेलियन फर्किनुभयो । २६ बलमा चार चौकाको मद्दतले २३ रन बनाउनुभएका उहाँलाई अमरसिंह रौटेलाले रिजनबाट क्याच गराउनुभयो ।

    मोहम्मद मोहसिन १४औँ ओभरको अन्तिम बलमा रन आउट हुनुभयो । उहाँ १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएर पभेलियन फर्किनुभयो । अरनिको यादव १५औँ ओभरको तेस्रो बलमा रनआउट हुनुभयो । उहाँले रन खाता पनि खोल्न पाउनुभएन । ६५ रन बनाएर खेलिरहनुभएका जिमि निसम पभेलियन फर्किनुभयो । २५ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्नुभएका उहाँलाई तान्विरले रिजनबाट क्याच गराउनुभयो । कुशलले ललितनारायण राजवंशीलाई १६औँ ओभरको दोस्रो बलमा रनको खाता पनि खोल्न नदिई हसन इशाखिलबाट क्याच गराउनुभयो ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पा¥यो । चितवनका लागि कुशलले ७२, रवि बोपाराले ४४, हसन इशाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाउनुभयो । चौथो विकेटका लागि कुशल र रविले ११३ रनको साझेदारी गर्नुभयो । जनकपुरका लागि ललितनारायण राजवंशीले दुई तथा हर्ष ठाकेर, मोहम्मद मोहसिन र जिमी निसमले समान एक विकेट लिनुभयो ।

    तेस्रो ओभरको चौथो बलमा ललितनारायण राजवंशीले विपिन रावललाई व्यक्तिगत तीन रनमा कप्तान अनिकुमार साहबाट क्याच गराउनुभयो । सातौँ ओभरको चौथो बलमा सन्तोष कार्की पभेलियन फर्किनुभयो । १२ बलमा एक छक्कासहित १४ रन बनाउनुभएका उहाँलाई मोहम्मद मोहसिनले बोल्ड गर्नुभयोे ।

    आठौँ ओभरको तेस्रो बलमा हर्ष ठाकेरले हसन इशाखिललाई पभेलियनको बाटो देखाउनुभयो । १९ बलमा चार चौका र एक छक्काको मद्दतले २८ रन बनाउनुभएका उहाँ विकेटविकर लाहिरू मिलान्थाबाट स्ट्याम्पिङ हुनुभयो । १९औँ ओभरको चौथो बलमा अर्धशतक प्रहार गर्नुभएका कुशल मल्ल पभेलियन फर्किनुभयो । ४१ बलमा सात चौका र तीन चौकाको मद्दतले ७२ रन बनाउनुभएका उहाँलाई जिमी निसमले अनिलबाट क्याच गराउनुभयो ।

    अन्तिम ओभरको दोस्रो बलमा ४४ रन बनाएर खेलिरहनुभएका रवि बोपारालाई ललितले अनिलबाट क्याच गराउनुभयो । उहाँले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो ।

    आजको खेल

    आइतबार, पुष ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer