• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग: सुदूरपश्चिमको जितसंगै पोखराको यात्रा समाप्त, कर्णाली र काठमाडौं टुंगो आज


  •   सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आफ्नो छैटौँ खेलमा सुदूरपश्चिमले पाँचौँ जित निकाल्दै अन्तिम खेल बाँकी हुँदै ‘क्वालिफायर’ मा स्थान बनाएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरालाई पाँच रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

    Advertisement

    सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो । यो हारसँगै पोखराले सात खेलबाट ६ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । पोखरा प्लेअफ समीकरणबाट बाहिरिँदा सुदूरपश्चिमले भने शीर्ष चार स्थान पक्का गरेको हो । ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

    पोखराका आन्द्रियस गौसले २१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाउनुभयो । रेमोन रेफरले २८ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन जोड्नुभयो भने किरण ठगुन्नाले २८ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो । यी दुईले ६९-५ को स्थितिबाट छैटौँ विकेटका निम्ति ७० रनको साझेदारी गर्दै पोखराको मध्यक्रम सम्हाल्नुभएको थियो । यसबाहेक ओपनर दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाउनुभयो भने सुदीप अर्याल ‘डायमन्ड डक’ हुनुभयो ।

    सुदूरपश्चिमका स्कट कुग्गेलेनले पाँच विकेट लिनुभयो । ३.४ ओभर बलिङ गर्नुभएका कुग्गेलेनले एक मेडन फ्याँक्दै १८ रन खर्चिनुभएको थियो । कुग्गेलेनले अन्तिम ओभरको चार बलमा पोखराका तीन ब्याटरलाई पभेलियनको दिशा देखाउनुभएको थियो ।
    हर्मित सिंहले तीन विकेट लिनुभयो भने सैब जैबको नाममा एक विकेट रहृयो ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४२ रन बनाउनुभयो । उहाँले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभएको थियो । ब्रान्डन म्याकमुलमले १६ बलमा एक चौका र दुई छक्कासहित २३ रन जोड्नुभयो । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित २० रन बनाउनुभयो ।

    यस्तै, ओपनर विनोद भण्डारीले १४ रन थप्दा हर्मित सिंहले १३ र इशान पाण्डेले १० रन बनाउनुभयो । इशान १९औँ ओभरको पहिलो बलमा ‘रिटायर्ड आउट’ हुनुभएको थियो । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिनुभयो भने चार ओभर बलिङ गर्नुभएका कुशलले २७ रन खर्चिनुभयो । यस्तै, रेमोन रेफर, सागर ढकाल र माइकल लियस्कले समान एक–एक विकेट लिनुभएको थियो ।

    तीन खेलमा जितनजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो : केभिन
    विराटनगर किंग्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जितनजिक पुगेर पनि खेल गुमाउनुपरेकाले प्लेअफमा पुग्न असफल भएको बताउनुभएको छ । काठमाडौं गुर्खाजसँग हार बेहोर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा यात्रा टुंग्याएपछि प्रशिक्षक केभिनले पत्रकारसँग कुरा गर्दै परिस्थितिलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको जिकिर गर्नुभयो । उहाँले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गन्नुभयो । बलिङ, ब्याटिङ र फिल्डिङमा पनि शतप्रतिशत इफोर्ट लगाउन नसकेको उहाँको भनाइ थियो । उहाँले पहिलो तीन-चार खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको बताउनुभयो । विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उहाँको भनाइ थियो ।

    कप्तान सन्दीप लामिछानेले विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उहाँले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको बताउनुभयो ।

    केही खेलाडी बिरामी हुँदा पनि समस्या परेको उहाँको भनाइ थियो । उहाँले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताउनुभयो । सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उहाँले सुनाउनुभयो ।

    कर्णाली र काठमाडौं ‘रेडजोन’मा
    नेपाल प्रिमियर लिग (एनपिएल) को समूह चरणबाट काठमाडौं गुर्खाज र कर्णाली याक्समध्ये एक टोली बाहिरिने पक्का भएको छ । अब बाहिरिने एक टोली र पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीको टुंगो आज (सोमबार) बिहान हुने समूह चरणको अन्तिम खेलपछि मात्रै लाग्ने भएको छ ।

    समूह चरणबाट काठमाडौं र कर्णालीमध्ये एउटा टोली बाहिरिने पक्का भए पनि पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीको टुंगो अन्तिम खेलबाट लाग्ने छ । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम, जनकपुर र कर्णालीमध्ये दुई टोली हुने छन् ।

    प्लेअफमा भने जनकपुर, कर्णाली र काठमाडौंमध्ये एक टोलीले चितवनसँग भिड्ने निश्चित जस्तै छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमको सम्भावना बलियो छ । यता बाहिरिने जोखिममा सबैभन्दा धेरै काठमाडौंको छ ।

    तर, अन्तिम खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरमा कर्णाली पराजित भएर नेट रनरेटमा काठमाडौंभन्दा पछि परेमा कर्णाली बाहिरिने छ । त्यो अवस्थामा जनकपुर र सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने छन् । चितवन र काठमाडौंको प्लेअफ भिडन्त हुने छ ।
    कर्णाली र काठमाडौं प्लेअफ नपुग्ने जोखिममा रहिरहँदा चितवन राइनोजको भने प्लेअफमा स्थान सुरक्षित भइसकेको छ । काठमाडौं र कर्णालीभन्दा नेट रनरेटमा अगाडि रहेकाले अन्तिम खेलको नतिजाले चितवनलाई कुनै असर नपर्ने भएको हो । त्यो खेलको नतिजाले चितवनको प्लेअफमा हुने प्रतिस्पर्धी टोलीको टुंगो लाग्ने छ ।

    आज (सोमबार)को खेलमा कर्णाली विजयी भएमा चितवनले प्लेअफमा जनकपुरसँग खेल्ने सम्भावना बढी छ । तर, त्यो खेलमा सुदूरपश्चिम विजयी भएमा जनकपुर र सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने छन् । यी दुई टोलीको समूह चरणको खेलमा सुदूरपश्चिमले फराकिलो अन्तरमा पराजित गरेको थियो ।

    यस्तै समूहको आफ्नो अन्तिम खेलमा जनकपुर र चितवन भिडेका थिए । उक्त खेलमा महत्वपूर्ण जित निकाल्दै चितवनले पनि अन्तिम चारमा स्थान पक्का गरेको हो । आइतबार बिहानको खेलमा काठमाडौं विजयी भए पनि रनरेटमा अपेक्षित सुधार नहुँदा बाहिरिने खतरा नटरेको हो । यदि चितवनको भन्दा राम्रो रनरेट बनाएको भए काठमाडौंको पनि प्लेअफमा स्थान पक्का हुने थियो । काठमाडौं रनरेटकै कारण सबैभन्दा पछाडि परेको हो । तर, आज (सोमबार)को खेलमा कर्णाली पराजित भए नेट रनरेटसमेत घट्ने भएकाले काठमाडौंको पनि प्लेअफको सम्भावना कायम नै रहेको हो ।

    समूह चरणका ६ खेलमा चितवनसँग मात्रै पराजित भएको सुदूरपश्चिम र जनकपुरको समान १० अंक छ । तर, सुदूरपश्चिमले अन्तिम खेल खेल्न बाँकी नै छ । जनकपुर समूह चरणमा चितवन र सुदूरपश्चिमसँग पराजित भएको थियो । अब पुनः यी टोलीमध्ये एकसँगै भेट हुने पक्का भएको हो । दुवै टोलीसँग फेरि खेल्ने सम्भावना पनि कायम छ ।

    लिगको अंकतालिकामा तेस्रो र चौथो स्थानमा रहने टोलीको इलिमिनेटर खेल बुधबार बिहान ९ बजे हुने छ । त्यसै दिन दिउँसो १ बजे पहिलो क्वालिफायर खेल हुने छ । क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनलमा पुग्ने छ । तर, पराजित टोलीले पनि फाइनल प्रवेशका लागि पुनः मौका पाउने छ । पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर खेल हुने छ । यो खेल बिहीबार मध्याहृन १२ः१५ बजेका लागि तय भएको छ । फाइनल खेल आगामी शनिबार मध्याहृन १२ः१५ बजे नै त्रिवि क्रिकेट मैदानमा हुने छ ।

    आज निर्णायक खेल
    सोमबार हुने लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली याक्स भिड्ने छन् । यदि सो खेलमा कर्णाली विजयी भए शीर्ष टिमको टुंगो रनरेटका आधारमा हुने छ । तर, सुदूरपश्चिम विजयी भएमा ऊ पहिलो हुने छ भने जनकपुर दोस्रो र चितवन राइनोज तेस्रो हुने छ । चौथो हुने टिम कर्णाली र काठमाडौं गुर्खाजमा जसको रनरेट राम्रो छ, उही छनोट हुने छ । यसकारण सोमबारको अन्तिम खेल पनि निकै रोमाञ्चकमात्र होइन, निर्णायकसमेत बन्ने छ ।

    खेल तालीका 

    सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer