• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

अटोमोबाइल्स आयातभन्दा उत्पादनमा जोड गरौं: यातायातमन्त्री दाहाल


  •   सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अटोमोबाइल्स व्यवसायीहरू गाडी आयातभन्दा उत्पादनतर्फ लाग्नुपर्ने बताउनुभएको छ । आइतबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८औँ साधारणसभा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थतन्त्रमा नाडाको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रमा नाडाको महत्वपूर्ण योगदान रहेको छ । नेपालमै गाडी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ । नेपालमा गाडी आयात होइन, निर्माण गर्ने कम्पनी सञ्चालन गरिनुपर्छ । त्यसका लागि सरकारले सहज गरिदिन्छ ।’ गाडी आयातभन्दा उत्पादनका लागि भौतिक पूर्वाधार सहज बनाइने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री दाहालले भन्नुभयो, ‘विद्युतीय सवारी आजको माग छ । मन्त्रालय यसलाई मध्यनजर गर्दै अघि बढेको छ तर विद्युतीय सवारीमा पनि समस्या छ । ब्याट्री डिस्पोजको समस्या छ । नेपालमात्र नभएर यो संसारमा चुनौती बनेको छ ।’

    Advertisement

    राजनीतिका कारण भौतिक पूर्वाधार निर्माण योजनाबद्ध हुन नसकेको भन्दै उहाँले आयोजना बैंक बनाइए पनि बैंकअनुसार काम गर्न नसकिएको, प्राकृतिक विपद्का कारण पनि पूर्वाधारमा क्षति पुगेको बताउनुभयो । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले नियामक नेपाल राष्ट्र बैंककै कारण अहिले मुलुकको अर्थव्यवस्था अस्तव्यस्त हुन पुगेको आरोप लगाउनुभयो ।

    राष्ट्र बैंकले तीन वर्षअघि ब्याजदर बढाउने र माग घटाउने उद्देश्यसहित ल्याएको वित्तीय नीतिको समयमैै सुधार हुन नसक्दा त्यसको असर अहिले अर्थतन्त्रले भोगिरहेको उहाँको जिकिर थियो । अग्रवालले भन्नुभयो, ‘विदेशी मुद्रा सञ्चिती उच्च भएर बाहृय क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्र लयमा फर्कन सकेको छैन । एकल बिन्दुमा ब्याजदर आइपुगेको छ तर पनि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । नियामकीय प्रावधानका कारण लगानीको वातावरण नहुँदा लगानीकर्ताले बैंकबाट ऋण लिइरहेका छैनन् । जसको असर बैंक तथा वित्तीय संस्थामा समेत देखिएको छ । विगत तीन वर्षअघि ब्याजदर बढाउने र माग घटाउने नियामक निकायको नीति र सो नीतिलाई सही समयमा सुधार नगर्दाको परिणाम अर्थतन्त्रले अहिले भोग्न बाध्य भएको हो ।’

    उहाँले अहिले पनि उद्योगहरू क्षमताको ३०÷४० प्रतिशतमात्रमा सञ्चालनमा रहेको भन्दै बजारमा माग कमी भएकाले डिमान्ड बढाउने गरी नीतिमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । बेलैमा सरकारले समग्र बजार माग बढाउने नीति नलिने हो भने अर्थतन्त्रमा देखिएको संकुचन अवस्था अझै लम्बिन सक्ने उहाँको भनाइ थियो । अटोमोबाइल क्षेत्रले राजस्वमा ठूलो योगदान गरेको र पछिल्लो समय सो क्षेत्र चलायमानसमेत हुन थाले पनि त्यो पर्याप्त नरहेकाले अर्थतन्त्र चलायमान बनाउन सरकारले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने अग्रवालले बताउनुभयो ।

    नाडाका अध्यक्ष करणकुमार चौधरीले अटोमोबाइल क्षेत्रको २१ प्रतिशत योगदान रहँदै आए पनि पछिल्लो समय देशको अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशका अर्थतन्त्रका सूचकहरू सकारात्मक छैनन्, आयातमा गम्भीर प्रभाव परेको छ । ठूलो प्रभाव अटोमोबाइल क्षेत्रमा परेको छ । अटोमोबाइल क्षेत्रको विज्ञापनमा ४० प्रतिशत पुगेकोमा पछिल्लो समय खस्किँदै छ ।’ त्यस्तै अटोमोबाइल्स क्षेत्रको बिमा क्षेत्रमा ५० प्रतिशत रहेको, एक लाखभन्दा बढीले प्रत्यक्ष र १० लाखभन्दा बढीले अप्रत्यक्षरूपमा रोजगारी पाएको पनि उहाँले बताउनुभयो । चौधरीले भन्नुभयो, ‘सवारी साधनमा उच्च करको समस्या प्रमुख चुनौती रहेको छ ।

    विद्युतीय सवारीमा बढ्ने आंकलन छ । एक सय पाँचदेखि तीन सय ५० प्रतिशत मोटरसाइकलमा छ भने यातायात दर्ता र कर तिर्ने झन्झटिलो प्रणालीले पनि समस्या भएको छ ।’ विद्युतीय सवारी बढ्ने क्रम रहेको भए पनि विद्युतीय गाडीका लागि आगामी दिनमा के रणनीति लागू गर्ने भन्ने कुरामा अन्योल रहेको भन्दै उहाँले विद्युतीय सवारीको टेस्टिङ ल्याबमा पनि जोड दिनुभयो ।(हिमालय टाइम्स)

    सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer