• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन अभियान सुरु


  •   मङ्गलबार, पुष ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । आजभन्दा ई.पू.६२३ वर्ष अघि लुम्बिनीको पवित्र उद्यानमा वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्म भएपश्चात् माता मायादेवीसहित नवजात सिद्धार्थलाई कपिलवस्तु घर फिर्ता लगेको मार्ग मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन अभियान सुरु गरिएको छ ।

    Advertisement

    प्रवर्द्धन एवम् प्रचारका लागि दुईपाङ्ग्रे क्विन राइडरका १० युवतीले अभियान सुरु गरेका छन् । उनीहरुले काठमाडौंबाट भैरहवा लुम्बिनी हुँदै मायादेवी सुत्केरी मार्गबाट कपिलवस्तु दरबार पुगेर यात्रा टुङ्ग्याएका छन् ।

    तत्कालीन समयमा सुत्केरी हुन माइती जाने प्रचलन थियो । सो क्रममा माता मायादेवी कपिलवस्तुबाट आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनीमा विश्राम गर्न बस्दा त्यही प्रसव भएको थियो । तत्पश्चात् नवजात बालक (सिद्धार्थ) लाई त्यहीँको कुण्डमा स्नान गराई माइती देवदह नगई पुनः कपिलवस्तु फिर्ता गएको मार्ग नै मायादेवी सुत्केरी मार्ग हो । मायादेवी सुत्केरी भएपछि घर फिर्ता गएको मार्गको अध्ययन एवम् सोधखोज गरी बनाइएको मार्ग नै मायादेवी सुत्केरी मार्ग हो र पहिलो चोटी यो मार्गको सोधखोज गरी नामाकङ्न गर्ने संस्था बुद्धिष्ट सर्किट्स डटकम हो ।

    बुद्धिस्ट सर्किट्स डटकमका संस्थापक एवम् मायादेवी सुत्केरी मार्गको खोजकर्ता विक्रम पाँडेकाजीले यो मार्गको प्रवर्द्धनका लागि अहिले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेका युवतीहरुको संस्था दुईपाङ्ग्रे क्विन राइडरको सहकार्यमा यो कार्यक्रम गरिएको बताउनुभयो ।

    मायादेवी सुत्केरी मार्गमा नै नेपाली किशोरीहरु, नेपाल आमाका छोरीहरुले मोटर बाइक टूर गर्ने, हेर्ने अनि आध्यामिकता अनुभव गर्ने र माता मायादेवीलाई श्रद्धाञ्जली दिने र भगवान बुद्धलाई स्वागत गर्ने, नवजात बुद्धलाई स्वागत गर्ने उद्देश्य लिएर दुईपाङ्ग्रे क्वीनहरु प्रचारात्मक अभियानमा आएको र यो मार्गलाई विश्वभर प्रचार ल्याउँदै यो क्षेत्रमा पर्यटन गतिविधि बढाएर, पर्यटकहरु ल्याएर पर्यटकमार्फत अर्थतन्त्रको विकास गरेर यो क्षेत्रका बासिन्दाहरुको आर्थिक स्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो । संसारमा ५० करोड बुद्धिष्ट छोरीहरु रहेको र उहाँहरुलाई आकर्षित गर्न सुरुवाती दिनमा यो रुटलाई मातामायादेवी सुत्केरी मार्ग भनी प्रचार गरेको पाँडेकाजीले जानकारी दिनुभयो ।

    लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानेन्द्र राईले मायादेवी सुत्केरी मार्गको सुरुवात नै बुद्धिस्ट सर्किट डटकमले गरेको र अहिले विभिन्न संस्थाले प्रचारात्मक अभियान गरेको बताउनुभयो । उहाँले पछिल्लो समय लुम्बिनी विकास कोषसँगै युएनडिपी, युनिसेफ लगायतका विश्वस्तरका संस्थाको पनि ध्यान आकृष्ट भई विभिन्न कार्यक्रम सञ्चालन भएको बताउनुहुँदै दुई पाङ्ग्रे क्विन राइडरहरुले प्रचार अभियानले थप टेवा पुग्ने उहाँको विश्वास छ ।(गोरखापत्रबाट)

    मङ्गलबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer