• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

विश्व बैङ्कले नमाने माथिल्लो अरुण स्वदेशी लगानीमै बन्छ: कुलमान


  •   मङ्गलबार, पुष ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीका लागि विश्व बैङ्क तयार नभए माथिल्लो तामाकोशीकै लगानी ढाँचामा माथिल्लो अरुण निर्माण गरिने बताउनुभएको छ ।

    Advertisement

    अर्ध जलाशययुक्त सो अयोजनाको अनुगमनमा भोटखोला गाउँपालिका–४, गोलाबजार पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले गाउँपालिका र माथिल्लो अरुण जलविद्युत् आयोजना अदिवासी जनजाति सल्लाहकार परिषद्का पदाधिकारीसँगको छलफलमा आकर्षक र मुलुकको ऊर्जा क्षेत्र एवं समग्र अर्थतन्त्रलाई नै रूपान्तरण गर्न सक्ने आयोजना भएकाले यो आयोजना जसरी पनि निर्माण गर्नैपर्ने बताउनुभयो । माथिल्लोअरुणमा विश्व बैङ्कले आफ्नो नेतृत्वमा एसियाली विकास बैङ्क (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायतकालाई सहभागी गराएर करिब दुई अर्ब अमेरिकी डलर लगानी जुटाउने प्रयास भने जारी रहेको घिसिङले जानकारी गराउनुभयो । “अन्तिम चरणमा आएर वित्तीय व्यवस्थापनमा केही ढिलाइ भएको हो, विश्व बैङ्कको लगानीका लागि उच्च प्राथमिकतासाथ प्रशासनिक तथा कूटनीतिक रूपमा छलफल भइरहेको छ ।”

    हालसम्म आयोजनामा अर्बौं रुपियाँ खर्च भइसकेको र प्रवेश सडक निर्माण पनि सुरु भइसकेको उहाँले बताउनुभयो । “निर्माणमा अझै पनि चुनौती छन् त्यसको समाधान गरी कुनै पनि हालतमा आयोजना निर्माण गर्नु पर्छ, ढुक्कसाथ भन्छु, स्वदेशी लगानी जुटाएर भए पनि आयोजना अगाडि बढ्छ,” उहाँले भन्नुभयो । लगानी जुटाउन विश्व बैङ्कका साथै देशभित्रका बैङ्क तथा वित्तीय संस्थासँग पनि समानान्तर रूपमा छलफल अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

    प्राधिकरणले नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, देशभरिका सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी मिश्रित लगानीको नमुना परियोजनाका रूपमा अगाडि बढाउन लागिरहेको छ ।

    निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायत एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइने छ । आयोजनामा सहवित्तीयकरणका लागि यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल) को नेतृत्वमा ५३ अर्ब स्वदेशी बैङ्क तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारी भइसकेको छ ।

    इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवर्धक माथिल्लो अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक सेयरबाट र ४९ प्रतिशत सर्वसाधारण सेयरबाट सङ्कलन गरिने छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्त भई डिजाइन पुनरवलोकन तथा बोलपत्रसम्बन्धी कागजात तयारीको कम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ । २१ किलोमिटरमध्ये दुई किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्ने छ । भोटखोला गाउँपालिका–४, नामासे र सोही गाउँपालिका–२, रुकुमा जोड्ने दुई किलोमिटर सुरुङमार्ग निर्माणका लागि आवश्यक बुमर, जेसिबी, लोडर, रोबोटिक सटक्रिट, सटक्रिट मेसिन, कङ्व्रिट पम्प, जेनेरेटरलगायतका हेभी उपकरण एवं निर्माण सामग्री हेलिकोप्टरबाट ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ ।(गोरखापत्रबाट)

    मङ्गलबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    भर्खरै

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • २.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ३.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ४.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer