• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाल प्रिमियर लिग: चार टिम भित्र चार बाहिर, एक उपाधि दाबेदारको टुंगो आज लाग्दै


  •   बुधबार, पुष ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । रोचक बन्दै गएको नेपाल प्रिमियर लिग लुम्बिनी लायन्स, विराटनगर किंग्स, पोखरा एभेञ्जर्स र काठमाडौं गुर्खाज लिग चरणबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स खेलको अर्को चरणमा प्रवेश गर्दै छन् ।

    Advertisement

    नेपाल प्रिमियर लिग (एनपिएल) मा आज क्वालिफायर-१ र एलिमिनेटर विजेताको टुंगो लाग्ने छ । पहिलो क्वालिफायर–१ मा बिहान सबा ९ बजे सुरु हुने छ । जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने-सामने हुने छन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ । हार्ने टोलीले एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

    एलिमिनेटर प्रतिस्पर्धामा चितवन राइनोज र कर्णाली याक्स मैदान उत्रने छन् । लिग चरणको भेटमा कर्णालीले चितवनमाथि सात रनको जित निकालेको थियो । एलिमिनेटर प्रतिस्पर्धामा जित्ने टिमले क्वालिफायर १ मा हार्ने टिमसँग खेल्ने छ । त्यो क्वालिफायर २ हुने छ । क्वालिफायर २ मा जुन टिमले जित्छ त्यो फाइनलमा पुग्ने छ । पुस ६ गते एनपिएल पहिलो संस्करणको फाइनल हुने छ ।

    एनपिएलमा सहभागी आठ टिममध्ये दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स, अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स अर्को चरणमा प्रवेश गर्दा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेञ्जर्स र करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाज लिग चरणबाट बाहिरिएका छन् ।

    विजेतालाई एक करोड १० लाख पुरस्कार
    नेपाल प्रिमियर लिग (एनपिएल)को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार घोषणा गरेको हो । एनपिएल विजेताले एक करोड १० लाख पुरस्कार पाउने क्यानले जनाएको छ । दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने क्यानको भनाइ छ ।

    यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन् । जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन् । आज (बुधबार) र भोलि (बिहीबार) प्लेअफका खेल हुने छन् भने शनिबार फाइनल खेल हुने छ ।

    खेल तालीका यस्तो थियो ।

    बुधबार, पुष ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer