• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

महिला यू-१९ एसिया कप: नेपाल र भारतको खेल वर्षातका कारण रद्द


  •   बुधबार, पुष ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । मलेसियामा जारी एसिसी महिला यू-१९ एसिया कपमा नेपाल र भारतको खेल वर्षातका कारण रद्द भएको छ । मंगलबार भएको खेल बीचैमा रोकिएसँगै नेपाल र भारतले एक-एक अंक बाँडेका छन् । अब ग्रुप ‘ए’मा नेपाल र भारतको तीन-तीन अंक हुँदा दुवै खेल हारेको पाकिस्तान अंकविहीन छ ।

    Advertisement

    पहिलो इनिङ सकिएर दोस्रो इनिङ सुरु भएलगत्तै अवरुद्ध भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९५ रनको लक्ष्य पेश गरेको थियो । ९५ रनको लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा बिना विकेट क्षतिमा २८ रन बनाएपछि खेल परिणामविहीन अवस्थामा रोकिएको हो ।

    यसअघि टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर ९५ रन बनाएको थियो । क्याप्टेन पूजा महतोले २५ र अनिशा कुमारी यादवले नटआउट २० रन बनाउनुभएको थियो । भारतका लागि परुनिका सिसोडियाले चार विकेट लिनुभएको थियो ।

    पाकिस्तान, भारत र नेपाल रहेको समूहमा नेपाल यसअघि नै सुपर चारमा पुगिसकेको छ । समूह ‘ए’बाट भने बंगलादेश र श्रीलंका सुपर फोरमा प्रवेश गरेका छन् । सुपर फोरमा बंगलादेशको दुई अंक रहने छ भने श्रीलंकाको शून्य अंक हुने छ ।

    सुपर फोरको आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्ने छ । अर्को खेल शुक्रबार बंगलादेशसँग हुने छ । भारतले बिहीबार बंगलादेश र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीले आइतबार फाइनल खेल्ने छन् ।

    टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ हुनुहुन्छ । यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा हुनुहुन्छ ।

    बुधबार, पुष ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer