• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग: जितसहित सुदूरपश्चिम एनपिएलको फाइनलमा, बाहिरियो चितवन


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । निक्कै रोमान्चक खेल सहित अन्तत: सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपाधिनजिक पुगेको हो ।

    Advertisement

    यता पराजित जनकपुरले अब फाइनल पुग्नका लागि दोस्रो मौका पाउने छ । लिगको दोस्रो क्वालिफायरमा जनकपुरले एलिमिनेटर खेलको विजेता कर्णाली याक्सविरुद्ध खेल्ने छ । बुधबार नै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

    यस्तै सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमसँग पराजित जनकपुरले भने अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

    बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुने छ ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

    सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले ५८ रन बनाउनुभयो । उहाँले ५५ बलमा तीन चौका र तीन छक्का प्रहार गर्नुभएको थियो । एनपिएलमा विनोदको यो पहिलो अर्धशतक हो ।

    विनोदले पहिलो विकेटका निम्ति अर्का ओपनर सैब जैबसँग ७.३ ओभरमा ५६ रनको साझेदारी गर्दै सुदूरपश्चिमको उत्कृष्ट सुरुवात गर्नुभएको थियो । किशोर महतोको ओभरमा जिम्मी निसमबाट क्याच हुनुअघि जैबले ३२ रन बनाउनुभयो । उहाँले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्नुभएको थियो ।

    ५६-१ को स्थितिबाट विनोदले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई सहज जिततर्फ डोहोर्‍याउनुभएको थियो । १५औँ ओभरको पहिलो बलमा ललित राजवंशीले निसमबाटै क्याच गराउनुअघि म्याकमुलमले २५ रन जोड्नुभएको थियो । उहाँले १९ बलमा एक चौका र एक छक्का प्रहार गर्नुभएको थियो । विनोदसँगै अविजित रहनुभएका कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाउनुभयो । जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक-एक विकेट लिनुभयो ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो । जसमा जिम्मी निसमले सर्वाधिक ४५ रन बनाउनुभयो । अर्धशतकबाट पाँच रनले चुक्नुभएका निसमले २३ बलमा तीन चौका र तीन छक्का प्रहार गर्नुभएको थियो । निसमलाई १९औँ ओभरको चौथो बलमा स्कट कुग्गेलेनले बोल्ड गर्नुभयो ।

    शुभ कंसाकारले २४ बलमा चार चौकासहित २६ रन बनाउनुभयो । शुभलाई नवौँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले रनआउट गर्नुभएको थियो ।

    ओपरन लाहिरु मिलान्थाले १२ रन थप्दा कप्तान आसिफ सेख र अरनिको यादवले समान ११ रन बनाउनुभयो । नियमित कप्तान अनिल साह हातमा लागेको चोटका कारण खेल नसक्ने हुँदा आसिफले कप्तानीको जिम्मेवारी पाउनुभएको थियो ।

    शेर मल्लले दुई तीन बलमा तीन रन थप्नुभयो भने आकाश त्रिपाठी चार रनमा अविजित रहँदा किशोर महतोले दुई रन जोड्नुभयो ।
    सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । सैब जैबले दुई विकेट लिनुभयो भने स्कट कुग्गेलेनले एक विकेट लिनुभयो । दीपेन्द्रले जनकपुरका ओपनर लाहिरु मिलान्था, अरनिको यादव र मोहसिन मोहमदको विकेट लिनुभयो । जैबले आसिफ सेख र हर्ष ठाकेरको विकेट लिनुभयो भने स्कट कुग्गेलेन र अभिनाश बोहराले समान एक-एक विकेट लिनुभयो । कुग्गेलेनले जनकपुरका जिम्मी निसमलाई पभेलियनको दिशा देखाउनुभएको थियो । अभिनाशले शेर मल्ललाई ब्रान्डन म्याकमुलमबाट क्याच गराउनुभएको थियो ।

    यी दुई टिमबीच लिग चरणमा भएको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।

    लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

    बाहिरियो चितवन

    नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले जित हात पार्दा चितवन राइनोज बाहिरिएको छ । चितवनमाथि कर्णालीले २१ रनले जित हात पारेको हो । चितवनले ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । चितवनका लागि रवि बोपरा ५३, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, लुक बेन्स्किन्स १६, अमर रौठेल ९, सन्तोष कार्की ६, रिजन ढकाल ७, सोहेल तान्विर ४, हसन एइसखाइलले एक रन बनाउनुभएको थियो ।

    कर्णालीका लागि जिसद मक्सुद तीन, कप्तान सोमपाल कामी र नन्दन यादव दुई विकेट र विपिन शर्माले एक विकेट लिनुभयो । कर्णालीका तीन विदेशी खेलाडी चल्दा कर्णालीले १७६ को विशाल लक्ष्य दिएको थियो । कर्णालीका लागि जयकिशन कोल्सावाला ५३, विलियम बसिस्टो ५२, जिसन मक्सुद १४, देव खनाल ३ बलमा रन आउट हुनुभयो भने गुल्सन झा र रित गौतम शून्य रनमा आउट हुनुभयो । चितवनका लागि सोहेल तान्विरले दुई, कप्तान कुशल मल्ल, रवि बोपराले समान एक विकेट लिनुभयो । दुवै टिमले लिग चरणमा सातमध्ये चार खेल जित्दै आठ अंकसहित प्लेअफमा स्थान बनाएका हुन् । लिग चरणमा चितवनले फास्ट बलिङ र आक्रामक ब्याटिङ प्रदर्शन गरेको थियो । कर्णालीले पनि सुरुवाती दुई खेल गुमाएपछि सानदार पुनरागमन गर्दै लगातार चार खेल जितेको थियो ।

    लिग चरणमा चितवनविरुद्ध कर्णाली विजयी भएको थियो । यो एलिमिनेटर खेल भएकाले पराजित भएको चितवन बुधबार प्रतियोगिताबाट बाहिरिएको हो ।

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer