• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । पर्यटकिय राजधानी पोखरामा यही पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।

    Advertisement

    पोखराको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउँदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनले नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन बिवाइडी इन्टरनेसनल बेलुन महोत्सव गर्न लागेको बताउनुभयो । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलोपटक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो ।

    नौ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उचाइमा पुग्ने उहाँले बताउनुभयो । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको उहाँको भनाइ थियो । अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा २५ वटा बेलुन उडाइने र पाँच हजार फिटसम्म उडाइने उहाँले बताउनुभयो । महोत्सवको बजेट सात करोड अनुमान गरिएको छ ।

    ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृंखलासहित माछापुच्छ्रे र धौलागिरिका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रूपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की हुनुहुन्छ । सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेसनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् ।

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer