• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग उपाधिका लागि जनकपुर र सुदूरपश्चिम शनिबार भिड्ने


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

    Advertisement

    कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो ।

    जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाउनुभयो ।

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ‍।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान पक्का गरेको हो।

    जारी एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच अब तेस्रो भिडन्त हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो। फाइनल खेल शनिबार मध्यान्ह हुनेछ।

    विहीबार कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा ७ बल बाँकी रहँदा पूरा गर्दै सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त पक्का गरेको हो।

    जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    जनकपुरका लागि जिमी निशमले ठुला शटहरू खेल्दै सर्वाधिक ४५ रन बनाए । मात्र १७ बलको सामना गरेका उनले २ चौका र ५ छक्का हिर्काउँदै टिमलाई फाइनलको यात्रामा डोहोर्याएका थिए ।

    शेर मल्लले अविजित १६ रन जोड्दा हर्श थाकर १७, मयन यादव १४ र आकाश त्रिपाठी १३ रनमा आउट भए । जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनरद्वय शुभ कंसाकार ३ रन र कप्तान आसिफ शेख ४ रनमै आउट भए। लाहिरू मिलान्था पनि २ रनमा आउट भएपछि जनकपुरले चार ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो।

    कर्णालीका विपीन शर्माले तीन विकेट लिए । चार ओभर बलिङ गरेका विपीनले १७ रनमात्र खर्चिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिसान मक्सुदले समान एक विकेट हात पारे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन जोडेको थियो । कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक ३५ रन बनाए । १७औँ ओभरको पहिलो बलमा मोहमद मोहसिनबाट बोल्ट हुनुअघि गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

    ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन जोडे । देवलाई छैटौँ ओभरको पहिलो बलमा जिम्मी निसमले आकाश त्रिपाठीबाट क्याच गराए ।

    यसबाहेक, विलियम बोसिस्टोले १५ बलमा एक चौकासहित १४ रन बनाए । जिसान मक्सुदले ११ बलमा दुई चौकासहित १२ र चान्डविक वाल्टनले १३ बलमा एक चौकासहित ११ रन थपे ।

    कर्णालीविरुद्ध जनकपुरका ललितनारायण राजवंशी, मोहमद मोहसिन र जिम्मी निसमले समान दुई विकेट लिए । हर्ष थाकेर र शेर मल्लले समान एक विकेट लिए ।

    फाइनलमा पुगेको जनकपुरले शनिबार सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । सुदूरले लिग चरणमा खेलेकव ७ मध्ये ६ खेल जितेको थियो । ७ मध्ये ६ खेल जित्दा सुदूर चितवन राइनोजसँग पराजित भयो भने ७ खेलमा ५ जित निकालेको जनकपुर सुदूर र चितवनसँग हारेको थियो ।

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer