• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रिमियर लिग: कसले उचाल्छ उपाधी, छन् आतुर सुदूर र जनकपुर


  •   शनिबार, पुष ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) ले आज (शनिबार) पहिलो विजेता पाउनेछ । एनपिएलको ऐतिहासिक पहिलो उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् । उपाधिको छिनोफानो हुने उपाधि भिडन्त दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । क्वालिफायर-२ मा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर उपाधिनजिक पुगेको हो भने क्वालिफायर-१ मा जनकपुरलाई नै हराएर सुदूरपश्चिम फाइनल पुगेको थियो ।

    Advertisement

    सुदूरले लिग चरणमा खेलेका सातमध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा सातमध्ये पाँच खेल जितेर दोस्रो स्थानमा रहेको थियो ।

    एनपिएलमा जनकपुर र सुदूरपश्चिम तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि नै दुईपटक यी टोलीबीच खेल भइसकेको छ । जनकपुर दुईपटक सुदूरपश्चिमसँग पराजित भएको थियो । लिग चरणमा जनकपुरलाई हारको स्वाद चखाउने टोली नै सुदूरपश्चिम मात्रै हो ।

    जनकपुरले सुदूरपश्चिमविरुद्धकै खेलमा एनपिएलकै खराब ब्याटिङको कीर्तिमान बनाएको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमविरुद्ध पूरै ओभर पनि क्रिजमा बिताउन सकेन । ८ ओभरअघि नै ५१ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमसामु आफ्नो नजिकको प्रतिद्वन्द्वीमाथि जितको हृयाट्रिक रच्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिने अवसर छ । तर, जनकपुरको मुख्य चिन्ता अहिले ब्याटिङमा देखिएको छ । सुरुवाती चार खेलमा लगातार जित निकाल्दा तीन खेलमा टप अर्डरले नै गेम फिनिस गरेका थिए । मिडल अर्डर एक्सपोज हुनै पाएको थिएन । त्यसपछिको खेलमा सुदूरपश्चिमसँग ५१ रनमा अलआउट भएपछि जनकपुरको टप अर्डर सुस्ताउँदा मिडल अर्डरमा दबाब थपिएको थियो । त्यसपछिका सबै जित जनकपुरका लागि सहज रूपमा आएको छैन । सुदूरपश्चिम भने प्रतियोगिताभर लयमा देखिएको छ ।

    आठ टिम सहभागी प्रतियोगितामा कर्णाली याक्स तेस्रो भएको थियो । तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । चितवन राइनोज चौथो भएको थियो । चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको विजेताले एक करोड ११ लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउने छन् ।

    शनिबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer