• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बुटवलमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता सुरु, आठ टोली मैदानमा


  •   शनिबार, पुष २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १६औँ स्थापना दिवसका अवसरमा बुटवलमा सुरु भएको मदन भण्डारी गोल्डकप इण्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को बुधबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडीहरूको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनुभएको हो ।

    Advertisement

    ‘प्रदेशभित्र सबै प्रकारका खेल क्षेत्रलाई समुचितरूपमा विकास गर्न, खेलाडीहरूमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौँ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगिताहरू सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’

    खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्ट्स एकेडेमीको भूमिका महŒवपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभएको थियो । ‘मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापनादेखि हालसम्म खेलाडी उत्पादनका साथै खेल क्षेत्रको विकासमा थुप्रै उपलब्धि हासिल भएका छन्,’ उहाँले भन्नुभयो, ‘यो उत्साहलाई कायम राख्दै थप रचनात्मक कामहरू गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’ २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिस्पर्धा गर्दैछन् ।

    आठ समूहमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब, रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द्र रहनेछन् ।

    प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई पच्चीस हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ । काठमाडौंबाहिर पहिलोपल्ट आयोजना भएको यो सर्वाधिक राशिको भलिबल प्रतियोगिता हो ।

    आकर्षक ट्रफी
    मदन भण्डारी गोल्डकप इण्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को ट्रफी मंगलबार अनावरण गरिएको थियो । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लीला गिरी, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गर्नुभएको थियो । १५ केजी तौल भएको ट्रफीले लुम्बिनी र पर्यटनलाई उजागर गरेको छ । खेल पर्यटनलाई उजागर गर्ने गरी ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवी मन्दिर र शान्ति दीप दिएको छ । एकेडेमीका प्रचार संयोजक अमृता अनमोलले प्रतियोगितासँग पूर्वाधार विकास र खेल प्रशिक्षणलाई समेत जोड दिँदै आएको बताउनुभयो ।

    शनिबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer