• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कोहलपुरमा ट्वान्टी-२० क्रिकेट हुँदै


  •   बुधबार, पुष २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । जिल्लाको कोहलपुरस्थित प्रस्तावित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खुल्ला क्लब स्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता-२०८१ हुने भएको छ ।

    Advertisement

    युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा जिल्लाको कोहलपुरमा खुल्ला क्लबस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

    क्लबका अध्यक्ष गम्भीरजंग मल्लका अनुसार स्व.वीरेन्द्र शाही स्मृति तेस्रो संस्करणको प्रतियोगिता आयोजना हुन लागेको हो । पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले प्रतियोगिता फागुन १८ देखि २२ गतेसम्म सञ्चालन हुने जनाएको छ । पूर्व खेलाडीसमेत रहेका शाहीको सम्झनामा क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    वीरेन्द्र शाही भौतिक रूपमा हाल नरहेपनि उनलाई सम्झिराख्न प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । स्वर्गीय शाही क्रिकेटप्रेमी र एक अब्बल अलराउन्डर खेलाडी रहेको उहाँले बताउनु भयाे । शाहीले प्रशिक्षण दिएका केही खेलाडीहरू अहिले राष्ट्रिय टिममा समेत खेलिरहेको अध्यक्ष मल्लको भनाइ थियाे ।

    यस्तै, पूर्व राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान एलबी क्षेत्रीले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद’ मात्र नभई राष्ट्रिय जनशक्ति उत्पादनका लागि पनि खेलकुदको महत्व रहेको बताउनुभयो । उहाँका अनुसार जनशक्ति उत्पादनसँग खेलकुदलाई जोड्नुर्छ भन्ने बुझाइमा राष्ट्रिय नीतिहरू परिवर्तन हुन आवश्यक छ । अहिले पनि कोहलपुर क्रिकेट मैदानमा धेरै पूर्वधार बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    जसको स्वामित्व स्थानीय सरकार र जिल्ला क्रिकेट संघले लिनुपर्ने उहाँको भनाइ छ । क्रिकेटको क्रेज बढ्दो रहेकाले यसको विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा बिजेता क्लबलाई १ लाख ५० हजार र उत्कृष्ट खेलाडीलाई ७१ हजार पुरस्कार रहेको छ ।

    देशभर रहेका जुनसुकै नेपाली क्लबहरूले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

    बुधबार, पुष २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer