काठमाडौं । चीनले लङ मार्च-३बी रकेट प्रयोग गरी मंगलबार बिहान सफलतापूर्वक शिजियान-२५ अन्तरिक्षमा पठाएको छ । दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ४ः०० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो । पछि पेलोडलाई पूर्वनिर्धारित कक्षमा ल्याइयो । पेलोड स्याटेलाइट बोक्न र प्रयोग गर्न डिजाइन गरिएको उपकरणलाई जनाउँछ ।
Advertisement
सिजियान-२५ को विकासकर्ता शांघाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीका अनुसार स्याटेलाइट मुख्यतया इन्धन पुनःपूर्तिका लागि प्रयोग गरिन्छ । प्रक्षेपणले सन् २०२५ मा चीनको पहिलो रकेट प्रक्षेपण शंखृलाको ५५५औं मिशनलाई चिहृन लगाउँछ ।(सिन्हृवा)




