• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बागमतीविरुद्ध आर्मीको फराकिलो अग्रता


  •   बिहिबार, पुष २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ ।

    Advertisement

    जनकपुरस्थित रामजानकी खेल मैदानमा जारी प्रतियोगितामा बुधबारको खेल सकिँदा बागमती २२ ओभरमा पाँच विकेट गुमाएर एक सय २४ रन बनाएको छ । बागमतीका नन्दन यादव १८ र विपिन आचार्य एक रनमा अविजित हुनुहुन्छ ।

    शुभ कंशाकार ३४, उत्तम मगर २८, रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर बाहिरिनु भयो । बलिङमा आर्मीका आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिनुभयो ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ६० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ७६ रन बनाएको थियो । आर्मीका लागि इम्रान शेखले ७२ रन बनाउनुभयो ।

    उहाँले एक सय चार बलमा बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै बसिर अहमदले ६४ बलमा आठ चौकाको सहयोगमा अविजित ५३, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन बनाउनुभयो । बिलङमा बागमतीका विपिन आचार्यले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिनुभयो ।

    यसैगरी वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ । बुधबारको खेल सकिँदा पुलिसले ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रन बनाएको हो ।

    पुलिसका लागि कुशल भूर्तेलले अर्धशतकीय इनिङ्स खेल्नुभयो । लामो समयपछि लयमा फर्किनुभएका कुशलले ६८ बलमा १० चौकाको सहयोगमा ६३ रन बनाउनुभएको हो ।यस्तै दिलिप नाथले ४० र गुलशन झाले २० रन बनाउनुभयो । अमित श्रेष्ठ ३४ र र कप्तान आरिफ शेख १३ रनमा अविजित हुनुहुन्छ ।

    बलिङमा मधेशका हरिशङ्कर शाहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको मधेश ४२.४ ओभरमा एक सय २९ रन जोड्दै अलआउट भएको थियो ।

    बिहिबार, पुष २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer