काठमाडौं । क्लासिक टेकले आफ्ना ग्राहकका लागि १२ मा १२ अफर सार्वजनिक गरेको छ । ७५ एमबिपिएस इन्टरनेट टिभी जडानमा २४ महिनासम्म अर्थात् थप एक वर्ष इन्टरनेट टिभी चलाउन सकिने गरी उक्त अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
Advertisement
कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहकको तीव्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर ७५ एमबिपिएसमा इन्टरनेट प्लस आइपी टिभी प्रतिमहिना ४३५ रुपैयाँ र प्रतिमहिना २५० रुपैयाँमा टिभी च्यानल हेर्न सकिनेछ ।
साथै राउटर र सेटटप बक्ससमेत निःशुल्क पाउने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्र रहेको कम्पनी जनाएको छ ।




