काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको शीर्ष स्थान थप बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई तीन-एक गोलले हराएको हो ।
Advertisement
एपिएफको यो चौथो जित हो । जितसँगै एपिएफले १२ अंक बनाएको छ । पहिलो हार खेपेको आर्मी सात अंकसहित दोस्रो स्थानमा छ ।
एपिएफको जितमा कप्तान अनिता बस्नेत, निशा थोकर र प्रीति राईले गोल गर्नुभयो । आर्मीका लागि विमला थापाले सान्त्वना गोल फर्काउनुभयो । यसअघि पहिलो चरणको लिगमा एपिएफले आर्मीलाई दुई-एक गोलले हराएको थियो ।




