काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को खेलाडी ड्राफ्टमा डायमन्ड क्याटेगोरीमा समावेश हुनुभएको छ। शुक्रबार पीएसएलले निकालेको नयाँ ड्राफ्टमा उनी डायमन्ड क्याटेगोरीमा समावेश हुनुभएको हो ।
Advertisement
यसअघि नेपालका ६ खेलाडी सिल्भर समावेश हुनुभएको थियो । सोमबार सार्वजनिक भएको ड्राफ्ट लिष्टको सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहनुभएको छ ।
आगामी सिजनको पीएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ । पीएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ ।




