• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल माघ २०८१


  •   बुधबार, माघ ०३, २०८१ मा प्रकाशित
  • मासिक राशिफल माघ २०८१

    Advertisement

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई माघ महिना फलदायी रहनेछ। योजना ठूलो बन्नेछ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। तर काममा चुनौती देखापर्नेछन्। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। तापनि, महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापारमा राम्रै फाइदा हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नाबाट धोका हुन सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। महिनाकाे उत्तरार्ध खर्चिलाे रहनेछ, समयमै रकम जाेहाे गर्नुहोला।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई माघ महिना आंशिक फलदायी रहनेछ। परिस्थिति धेरै अनुकूल नदेखिए पनि मेहनतले काम सम्पादन हुनेछ। अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। सहयोगी अभाव र कामको चापले लक्ष्यप्राप्तिमा केही विलम्ब होला। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। ईर्ष्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ। आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। महिनाको अन्त्यतिर आम्दानी र स्वास्थ्यमा बाधा पर्नेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई माघ महिना केही संघर्षमय रहने देखिन्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ। अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। साेचेको लाभांश नउठ्नाले चिताएकाे काम राेकिन सक्छ। दुर्भावना राख्नेहरूले बिनाकारण दुःख दिनेछन्। सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। आलोचकहरूले भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ। खर्च बढ्नेछ र आयस्रोत पनि अलि कमजोर बन्न सक्छ। नाम चलेका व्यक्तिले समेत धोका दिन सक्छन्। स्वाभिमानका लागि संघर्ष गर्नुपर्ला।मिहिनेतले काम बन्नेछ। शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई माघ महिनामा केही उतारचढाव आउनेछन्। पतिपत्नीबीच मतभेद बढ्नेछ भने प्रेमको बन्धन कमजोर बन्नेछ। अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। तापनि अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेतको फल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। व्यापारबाट आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले नयाँ कामतर्फ आकर्षित भइनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई माघ महिना विशेष उपलब्धिमूलक रहनेछ। शत्रुबाधा वा कामका विविध झमेलाहरूको माहोलबाट अघि बढ्नुपरे पनि लक्ष्यमा पुग्न सकिनेछ। आँटले काम लिँदा विभिन्न स्रोत प्राप्त हुनेछन्। सहयोगीहरूको साथ जुट्नेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। खर्च बढे पनि आर्थिक समस्या समाधान हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आम्दानी बाहिरिनाले बेलाबेला अर्थ अभाव सामना गर्नुपर्ला। दोस्रो सातादेखि काममा प्रगति हुनेछ। कर्मसाधना गर्नेहरूलाई फाइदा हुने समय छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई माघ महिना सामान्य फलदायी रहनेछ। स्वास्थ्यबाधा र पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। चिताएका काममा केही विलम्ब भए पनि सहयोगीहरूको साथ जुट्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला प्राप्त हुनेछ। बौद्धिक क्षमता बढ्नेछ। पढाइलेखाइतर्फ राम्रो नतिजा प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ। पहिले अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई माघ महिनामा घरेलु समस्या सुल्झाउन जुट्नुपर्ने समय छ। उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउने हुँदा बुद्धि–विवेकले काम लिने चेष्टा गर्नुहोला। भूमिबाट लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। कृषि र व्यापारतर्फ पछि फाइदा हुने काम थालनी हुनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई माघ महिना केही संघर्षमय रहनेछ। तापनि विभिन्न अवसर जुट्नाले काममा उत्साह जाग्नेछ र प्रशस्त फाइदा उठाउन सकिनेछ। सुरुमा रोकिएका काम दाेस्राे सातादेखि सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। पेट र कब्जियतकाे समस्याले सताउने सम्भावना छ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई माघ महिनामा कामकाे चाप बढ्ने सम्भावना छ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि तपाईंको गन्तव्य लक्ष्य नै हुनेछ। काममा चुनौती देखिए पनि आशा गरिएको फल बिस्तारै प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। आवश्यक पर्दा आफन्त र साथीभाइसँगको सहयोग नजुट्न सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। जिम्मेवारी पूरा गरे पनि सम्बन्धमा उतारचढाव आउन सक्छ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई माघ महिना सामान्य फलदायी रहनेछ। अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि आर्थिक रूपमा फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। प्रतिष्ठाको संघर्षमा विजय प्राप्त हुनेछ। दौडधुपमा खर्च बढे पनि आम्दानी प्रशस्त हुनेछ। आफन्तसँग असमझदारी बढे पनि साथीभाइले साथ दिनेछन्। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा विशेष विशेष फाइदा हुनेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। महिनाको मध्यतिर खर्च बढ्नाले अर्थअभाव देखा पर्न सक्छ। स्वास्थ्यमा टाउको दुखाइ तथा आँखाको कमजोरीले सताउने सम्भावना छ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई माघ महिना केही खर्चिलाे रहने देखिन्छ। विवादास्पद काममा हात हाल्नाले अलि दुःख पनि पाइनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। काम बने पनि पूर्वार्द्धमा खर्च बढी हुनेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। अनावश्यक दौडधुपमा पनि समय बित्नेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। वादविवाद र मुद्दा–मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई माघ महिना उपलब्धिमूलक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ। समाजमा सम्मानित स्थान प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। सोखले विलासी वस्तुहरू जुटाउन प्रेरित गर्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थीमा मन रमाउनेछ। एकपछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा गर्न सकिनेछ। दिगो काममा जग बसाउने अवसर जुट्नेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

    बुधबार, माघ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer