• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ ५ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, माघ ०६, २०८१ मा प्रकाशित
  • आज २०८१ साल माघ ५ गते शनिवार । माघ कृष्णपक्ष पञ्चमी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १५ः२२ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सामान्य सुधार आउनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा दिएकाे वचनले समस्या पर्नेछ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्। परिस्थिति प्रतिकूल हुनाले पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला। काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला। सावधानीले उपलब्धि जाेगिनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले बिस्तारै फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। काममा जुट्न समेत बाधा पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। लगनशील बन्दाबन्दै पनि पछि परिनेछ। पुरानो हिसाबकिताबसुल्झाउन समय लाग्नेछ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    शत्रु र राेगका कारण काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। तर लाभ उठाउन निकै हाेसियार रहनुपर्ने समय छ।

    शनिबार, माघ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer