• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पिएम कप क्रिकेटको सुपर फोरमा एपिएफ र आर्मीको जित


  •   शुक्रबार, माघ १२, २०८१ मा प्रकाशित
  • काठमाडौं। कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । दुवै टोलीले सुपर फोरमा जित निकालेका हुन् । बिहीबार फाप्ला मैदानमा भएको सुपर फोरको पहिलो खेलमा आर्मीले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्‍यो । बागमती प्रदेशले दिएको ४३ रनको लक्ष्य पछ्याएको एपिएफले ६.५ ओभरमा बिनाविकेटको क्षतिमा भेट्टाएको हो ।

    Advertisement

    एपिएफका ममता चौधरी २३ र राजमती ऐरी १४ रनमा अविजित रहनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि यशु पाण्डे, सविका यादव र यलि यादवले समान आठ-आठ रनको योगदान दिनुभयो । विपिशा शाहीले सात रन जोड्दा यशोधा विष्टले तीन रन जोड्नुभयो । बागमती प्रदेशकी कप्तान कञ्चन श्रेष्ठ, सलिना सिलवाल र मनिषा उपाध्याय भने शून्य रनमै पभेलियन फर्किनुभएको थियो । एपिएफका लागि सुमन विष्टले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै, रेखा रावल र बिनु बुढाले समान दुई-दुई विकेट लिँदा कविता जोशीको नाममा एक विकेट रहृयो ।

    बिहीबार नै फाप्लामा भएको दोस्रो खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ । १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रनमात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि मनिषा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाउनुभएको थियो । आर्मीकी सुस्मिता भुसालले तीन तथा सीता शाही र लक्ष्मी साउदले एक/एक विकेट लिनुभएको थियो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले सम्झना खड्काको उत्कृष्ट पारीको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । खड्का ५७ बलमा ७४ रनमा अविजित रहनुभयो । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका जानकी थापाले दुई तथा आशिका महरा र रेवती धामीले एक/एक विकेट लिनुभयो ।

    फराकिलो जितसँगै सुपर फोरको अंक तालिकामा एपिएफ शीर्ष स्थानमा छ भने आर्मी दोस्रोमा छ । प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) सुपर फोरका दुई खेल हुनेछन् । सुपर फोरमा अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका दुई टिमबीच शनिबार फाइनल हुने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ ।

    शुक्रबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer