• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

साउथ एसियन सर्जन सम्मेलन सुरु


  •   शनिबार, माघ २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । इण्डियन एसोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड इन्डोस्कोपिक सर्जन (आइएजिइएस) र सोसाइटी अफ सर्जन्स अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल मेडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा जारी सम्मेलनमा भारत तथा नेपालबाट दुई सयभन्दा बढी चिकित्सकहरूको सहभागिता रहेको छ ।

    Advertisement

    मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आइएजिइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताउनुभयो ।

    विश्वभरका प्रख्यात विशेषज्ञ, नवप्रवर्तक र सर्जनको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र सो क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने उहाँले बताउनुभयो । भारतबाट आएका चिकित्सकले नेपाल मेडिसिटीमा हुने दूरविन प्रविधिबाट गरिने जिआई सर्जरी खासगरी हर्निया-ल्याप्प्रोकोपिक फण्डोप्लिकेसन, कोलोरेक्टल तथा गलब्ल्याडर एपेण्डिक्सका जटिल शल्यक्रिया भारतकै स्तरमा रहेको भन्दै प्रशंसा गरे ।

    हालसम्म नेपाल मेडिसिटीमा दुईवटै शल्यक्रिया युनिटबाट आठ हजारभन्दा बढी शल्यक्रिया दूरविन प्रविधिबाट भएको जानकारी एसएसएनका पूर्वअध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार मेडिसिटीमा इआरसिपी, इन्डोस्कोपिक अल्ट्रासाउण्ड गरी क्यान्सर पत्ता लगाई त्यसलाई ट्युमर बोर्डमा छलफल गरी सम्पूर्ण क्यान्सरको उपचार गराइन्छ । त्यस्तै, शल्यक्रिया गर्न अनिवार्य फ्रोजन सेक्सन गरेर क्यान्सर उपचारमा कुनै सुविधाको कमी हुन नदिई शल्यक्रिया गरिन्छ । सो अवसरमा मेडिसिटी अस्पतालमा विभिन्न वर्कशप आयोजना गरिएको थियो, जहाँ सहभागी चिकित्सकहरूलाई पेपर प्रिजेन्टेसन, विभिन्न सिकाइ गतिविधिका साथै एफएएलएस हर्निया फेलोसिप, एफआइएजिइएस फेलोसिप, इएफआइएजिइएस फेलोसिप प्रदान गरिएको थियो ।

    सम्मेलनमा विशेषतः शल्यक्रियाको भविष्यमा अन्तरदृष्टि, रोबोटिक्स, अग्मेन्टेड रियालिटी, शल्यक्रियामा आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत ल्याप्रोस्कोपिक प्रविधि जस्ता परिवर्तनकारी आविष्कारको खोजीबारे छलफल भएको शर्माले बताउनुभयो । आइएजिइएसले डा. शर्मालाई अनररी फेलोसिप प्रदान गर्नुका साथै सम्मेलनका दुर्ई मुख्य ओरेसनमध्ये एक विशेष मन्तव्य उहाँले दिनुहुने बताइएको छ ।

    शनिबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer