• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

प्रेस काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही


  •   आइतबार, माघ २१, २०८१ मा प्रकाशित
  • काठमाडौं। प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ ।

    Advertisement

    काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गर्ने १० वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको र तीन वटालाई सूचीकरणबाट हटाएको जनाएको छ । यस्तै छवटा सञ्चारमाध्यमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको र तीमध्ये तीन वटालाई सूचीकरणबाट हटाइएको छ ।

    साथै चारवटा सञ्चारमाध्यमलाई भने क्षमायाचना र आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि कारबाही फुकुवा गरी कालोसूचीबाट हटाइएको छ । आचारहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने १० वटा ‘अनलाइन’ सञ्चारमाध्यमलाई कालोसूची÷अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छभने तीनवटालाई सूचीकरणबाट समेत हटाई थप कारबाही गरिएको छ ।

    ‘अवज्ञाकारी कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरी निवेदन दिने चारवटा सञ्चारमाध्यमहरू टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारबाही फुकुवा गरिएको छ’, काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘छवटा सञ्चारमाध्यम एबिपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेदै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको छ । यीमध्ये एबिपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाट समेत हटाइएको छ ।’

    यसैगरी, काउन्सिलले चालु आर्थिक वर्षको साउनदेखि यही माघ १५ गतेसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) चार, फेसबुक पेज एक तथा अनलाइन पाँचवटालाई निर्देशन र चारवटालाई सचेत गराइएको छ ।

    यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ ।

    पत्रकार आचारसंहिताको पटक पटक र शृङ्खलाबद्ध उल्लङ्घन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले कारबाहीस्वरुप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाई विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ ।

    काउन्सिलले पछिल्लो समय उजुरी दर्ता हुने क्रम बढेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आवको माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र एउटा जनगुनासो दर्ता भएका छन् । तीमध्ये ५६ गालीबेइज्जती/चरित्रहत्या/मानहानि, ८७ गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, चारवटा बार्गेनिङ र नौवटा हुबहु रहेका छन् ।

    आइतबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer