• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आर्टिफिसियल ईन्टेलिजेन्स नीतिको मस्यौदा सार्वजनिक


  •   बुधबार, माघ २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) नीति २०८१ को मस्यौदा सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार नीति सार्वजनिक गर्दै सुझाब मागेको छ।

    Advertisement

    नीतिले दुरदृष्टि (Vision) अन्तरगत ए.आई. प्रणालीको विकास र सक्रिय, समावेशी तथा नैतिक प्रयोगवाट समुन्नत नेपालको निर्माण गर्नका लागी ए.आई.को रूपान्तरणकारी सम्भावनालाई उपयोग गर्दै सामाजिक तथा आर्थिक वृद्धि हासिल गर्ने ध्येय राखेको छ।

    यसैगरी एआई नीतिले नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन, विद्यमान संरचनाहरूको सवलिकरण एवं क्षेत्रगत समन्वय गर्ने र सहकार्य मार्फत कुल गार्हस्थ्य उत्पादनमा ए.आई. क्षेत्रको योगदान बढाउने लक्ष्य लिएको छ भने सुरक्षित एवं दिगो ए.आई. इकोसिस्टमको निर्माण गर्नु, ए.आई. को क्षेत्रमा जनशक्ति विकास, अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नु, ए.आई. को प्रयोग मार्फत क्षेत्रगत विकास र सार्वजनिक सेवाको गुणस्तरमा सुधार गर्नु, र एआई विकास एवं सुरक्षित प्रयोगको लागि समन्वय, सहकार्य, नियमन र अनुगमन गर्ने उद्देश्यहरु छन्।

    यसैगरी मस्यौदामा रहेको नीतिले सुरक्षित एवं दिगो ए.आई. इकोसिस्टमको निर्माणका लागि कानूनी र संस्थागत व्यवस्था, विकास र प्रयोगको लागि आवश्यक पुर्वाधार निर्माण एवं डाटा व्यवस्थापन, अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन र जनशक्ति उत्पादन, क्षमता अभिवृद्धि र निरन्तर उपयोगिताको वातावरण चक्र निर्माण गरिने जस्ता नीति लिएको छ।

    यसैगरी रणनीति अन्तरगत सुरक्षित र दिगो ए.आई. इकोसिस्टम बनाउन आवश्यक कानून एवम् मापदण्ड तर्जुमा गर्ने, अनुसन्धान, विकास, प्रयोग, नियमन र प्रवर्द्धन गर्न संस्थागत संरचना निर्माण गर्ने तथा ए.आई. विकास र प्रयोगको लागि आवश्यक पुर्वाधार निर्माण एवं डाटा व्यवस्थापन गरिने उल्लेख छ। यसैगरी ए.आई.को क्षेत्रमा अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गरिने तथा जनशक्ति उत्पादन क्षमता अभिवृद्धि लगायतका विषय राखिएका छन्।

    यसमा सार्वजनिक क्षेत्रको सुधारका लागि एआईको प्रयोगमा जोड दिईएको छ भने सुरक्षित र नैतिक प्रयोगका लागि कानूनी व्यवस्था गरिने उल्लेख छ।

    एआई नीति कार्यान्वयनका लागि सञ्चार मन्त्रीको अध्यक्षतामा एआई नियमन राष्ट्रिय परिषदको गठनसहित राष्ट्रिय एआई केन्द्रको स्थापना गर्ने विषय समावेश छ। यसका साथै एआईको बारेमा अनुसन्धान तथा विकास गर्न राष्ट्रिय एआई एक्सिलेन्स सेन्टर बनाईने नीतिमा रहेको छ।

    नीतिमा सम्भाव्य जोखिम अन्तरगत एआई सम्बन्धित कार्यहरुको लक्ष्य पुरा नहुनुका साथै सीमित आर्थिक स्रोत र डाटा उपलब्धताले एआईको विकासलाई रोक्ने चेतावनी दिईएको छ। यस्तै एआई पूर्वाधारको व्यवस्था र दक्ष जनशक्तिको अभावलाई समेत जोखिममा राखिएको छ।

     

    बुधबार, माघ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer