• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

साइबरट्रक दुर्घटनाका कारण टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रणालीमाथिको शंका बढ्यो


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । टेस्लाको एउटा साइबरट्रक यसै हप्ता दुर्घटनामा परेको छ जसले कम्पनीको स्वायत्त ड्राइभिङ सफ्टवेयरको भरपर्दोपनबारे शंका उत्पत्न गरेको छ। यो घटना सीईओ ईलन मस्कले यसै वर्ष भुक्तानीमा आधारित रोबोट्याक्सी सेवा सुरू गर्ने बताएका बेला भएको हो।

    Advertisement

    टेस्लाको नयाँ मोडल साइबरट्रकले समाप्त हुँदै गएको लेनबाट बाहिर जान असफल भयो, किनारमा ठोक्कियो र नेभाडाको रेनो सहरमा पोलमा ठक्कर खायो। उक्त समयमा गाडीको फुल सेल्फ ड्राइभिङ (एफएसडी) फिचर सक्रिय थियो, जसमा अझै पनि चालकले नियन्त्रणमा रहनुपर्ने हुन्छ।

    “मैले जस्तै गल्ती नगर्नुहोस्। ध्यान दिनुहोस्। अहिले लापरवाही गर्न सजिलो छ – नगर्नुहोस्,” चालक जोनाथन चालिन्जरले एक्समा मस्कलाई ट्याग गर्दै लेखेका छन्। “मेरो सन्देश फैलाउन मद्दत गर्नुहोस् र अरूलाई यसैगरी वा अझ गम्भीर दुर्घटनाबाट जोगाउनुहोस्।”

    रिपोर्ट अनुसार, चालकले अज्ञात यान्त्रिक समस्याका कारण गाडी लेन छोडेर पोलमा ठोक्किएको बताएका छन्।

    टेस्लाले विगतमा पनि आफ्ना एडभान्स्ड ड्राइभर असिस्टेन्ट सफ्टवेयरका कारण विभिन्न दुर्घटनाहरू, जसमा एक घातक दुर्घटना समेत सामेल छ, का लागि आलोचना र अनुसन्धानको सामना गर्दै आएको छ।

    तर मस्कले गत महिना मात्रै नयाँ संस्करण (भर्जन १३) को “विशाल सुधार” भएको दावी गर्दै, प्रविधिप्रति शंका गर्नेहरूले अब प्रयास गर्नुपर्ने बताएका थिए।

    सामाजिक सञ्जालमा भाइरल भएको पछिल्लो साइबरट्रक दुर्घटनाले स्वायत्त प्रविधिको सुरक्षाबारे थप प्रश्न उठाएको छ। स्वायत्त गाडी प्रविधि विज्ञहरूका अनुसार, यो घटनाले ड्राइभर विना सञ्चालन गर्ने टेस्लाको तयारीमाथि ठूलो चेतावनी दिएको छ।

    “यो प्रविधि व्यावसायिक प्रयोगका लागि तयार भइसकेको छैन,’युनिभर्सिटी अफ सर्रे’ का सेफ एआई एण्ड अटोनोमीका प्राध्यापक सेबर फल्लाहले बताएका छन्। लेन समाप्त हुने अवस्था, लेनहरू मर्ज हुने ठाउँहरू, र अचानक हुने सडक संरचनाका परिवर्तनहरू एआई-सञ्चालित प्रणालीहरूको लागि अझै चुनौतीपूर्ण छन्, किनभने तिनीहरू मानव चालकको जस्तो संज्ञानात्मक अनुकूलन गर्न सक्दैनन्।”

    टेस्लाले दुर्घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन।

    मस्कका अनुसार, टेस्लाले जुन महिनासम्म टेक्सासको अस्टिन सहरमा भुक्तानी आधारित सवारी सेवा परीक्षण गर्नेछ। टेक्सासमा स्वायत्त गाडीहरूका लागि झण्डै कुनै नियामकीय आवश्यकताहरू छैनन्। त्यसपछि, यो सेवा क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रहरूमा विस्तार गरिनेछ।

    टेस्लाको रोबोट्याक्सी कार्यक्रम सफल हुनुपर्ने कारणहरूमा कम्पनीले आफ्ना पुराना ईभी मोडलहरूको मागमा आएको गिरावटको सामना गरिरहेको छ, भने लगानीकर्ताहरू मस्कको रोबोटिक्स र एआई तर्फको मोडमा आशा गरिरहेका छन्।

    रोयटर्सका अनुसार अन्य गाडी निर्माता कम्पनीहरूले सुरक्षाका लागि थप प्रविधि प्रयोग गरे पनि, टेस्लाले केवल क्यामेरामा भर पर्ने रणनीति अपनाएको छ। विज्ञहरूका अनुसार, यो प्रविधि सस्तो भए पनि वर्षा, हिउँ वा कुहिरो जस्ता चुनौतीपूर्ण मौसममा जोखिमपूर्ण हुन सक्छ।

    टेस्लाको एफएसडी प्रणाली अहिले पनि रातको समयमा वस्तु पहिचान गर्न, डेटा म्यापिङ गर्न, र केवल दृश्य-आधारित प्रविधिमा भर पर्ने कारण चुनौतीपूर्ण अवस्थामा रहेको शोधकर्ता ट्रय टेस्लाइकले एक्समा लेखेका छन्।

    “एफएसडी अझै ड्राइभरविहीन सञ्चालनका लागि तयार देखिँदैन,” उनले भने।

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer