काठमाडौं । काठमाडौंमा भईरहेको दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा सैनिक आवासीय महाविद्यालय सल्लाघारी पुगेको छ।
Advertisement
मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होमलाई आइतवार २-१ ले हराउँदै सैनिक आवासीयका अन्तिम दुईमा पुगेको हो।फाइनलमा प्रवेश गरेको छ ।
विजेता टोलीका तर्फबाट रोजित खत्री र सफल थापाले गोल गरे भने पराजित टोलीबाट वीरेन्द्र उपाध्यायले गोल गरे। सैनिक आवासीयका एलन थापा प्लेयर अफ दि म्याच घोषित भए।
प्रतियोगिताको दोस्रो सेमिफाइनल सोमवार आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ र साँगाको नेपाल पुलिस स्कुलबिच हुनेछ।




