• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

फिल्म फुटबल कपको उपाधि बुढानीलकण्ठलाई


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको ओपन च्यालेन्ज फिल्म फुटबल कपको उपाधि बुढानीलकण्ठ फुटबल क्लबले उचालेको छ । काभ्रे, भक्तपुर र ललितपुरका ३४ फुटसल टिमको कडा प्रतिस्पर्धा रहेको फिल्म कपको उपाधिमा बुढानीलकण्ठ एफसीले दरबारमार्गको फूलमाया फुटबल टिमलाई एक गोलले पराजित गर्दै नगद एक लाख एक हजार एक सयसहित नौ केजीको आकर्षक ट्रफी, चलचित्र दुःखी आत्माका तर्फबाट १० वटा टिकट प्राप्त गरेको थियो ।

    Advertisement

    बुढानीलकण्ठ एफसीले प्रतियोगिताको बेस्ट खेलाडीसहित उत्कृष्ट म्यानेजर विधाको पुरस्कार पनि प्राप्त गरेको छ । फूलबारी एफसीले ५१ हजार ५०० नगद र नौ केजीको ट्रफी, चलचित्र दुःखी आत्माको २० वटा टिकट, उत्कृष्ट किपरको अवार्डसहित सिल्भर मेडल प्राप्त गरेको छ । विजेता–उपविजेताहरूलाई लाइन्स क्लबका अध्यक्ष नकुल गिरीसहित वरिष्ठ खेलाडी, चलचित्रकर्मी, समाजसेवीहरूले सामूहिकरूपमा पुरस्कार वितरण गरेका थिए ।

    कुल ३४ टिमको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा लामा एफसीले प्रतियोगिताकै फेयर प्लेको अवार्ड पायो भन्ने फुटबल लभरको अवार्ड रोयल डिजाइन एफसीले उचालेको छ । विजेता बुढानीलकण्ठ एफसीका टिम म्यानेजर दीपेश श्रेष्ठ उत्कृष्ट टिम म्यानेजरको अवार्डबाट सम्मानित हुनुभयो । त्यसैगरी राजधानीको चुच्चे पाटीमा सञ्चालनमा आएको हिमालयन फुटसल उत्कृष्ट फुटसल अवार्डबाट सम्मानित भएको थियो भन्ने फुटबल हर्ट अवार्ड अजय एफसीलाई प्रदान गरिएको थियो ।

    प्रतियोगितामा फुटबल क्रेजीको अवार्ड अर्जुन एफसीलाई प्रदान गरिएको थियो । प्रतियोगिताका ३४ टिमलाई उछिन्दै मेन्टेन टिम प्रतियोगिताभर नै उत्कृष्ट खेल पस्केको हुनाले मेन्टेनलाई राइजिङ स्टार फुटबल टिम अवार्ड प्रदान गरिएको थियो । इङ्करेज टिमको अवार्ड टी स्टार एफसीलाई प्रदान गरिएको प्रतियोगितामा एकजना भाग्यमानी दर्शक गोलाप्रथाबाट बौद्धका सांगे लामा छानिनुभएको थियो । उहाँले आकर्षक ट्रफीसहित नगद ११ हजार पुरुस्कार प्राप्त गर्नुभएको थियो । निकै तामझामका साथ सम्पन्न गरिएको फिल्म कपका अवसरमा नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ पोखरा संस्करणका विजेताहरूलाई अवार्डको ट्रफी हस्तान्तरण गरिएको थियो ।

    यो वर्षको नेसनल बक्स अफिस फिल्म सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा ८३ सर्ट फिल्महरूलाई पछार्दै रुद्र कोइरालाले बनाएको सामाजिक चलचित्र कात्रो भाग २ उत्कृष्ट सर्ट फिल्मले पुरुस्कार प्राप्त गरेको छ । कात्रोका अभिनेता विक्रम खत्री उत्कृष्ट अभिनेता र अभिनेत्रीमा विपना केसी उत्कृष्ट अभिनेत्री बन्न सफल हुनुभयो । निर्देशनतर्फ विकुल देवकोटा कात्रोबाटै उत्कृष्ट रहनुभयोे । यसैगरी चरित्र अभिनेता द टिचरबाट विरु गुरुङ, चरित्र अभिनेत्रीमा संगीता थापा, बाल कलाकार विधामा तेजस्वी सापकोटा, सर्ट फिल्म द टिचरबाटै कथामा वसन्त सापकोटा र द्वन्द्व निर्देशक खेमनाथ खनालले अवार्ड प्राप्त गर्नुभयो । दशैँ तिहार एक सपनाबाट रविन भट्ट सम्पादकमा, हनुमानदासबाट छायांकारमा शिशिर अर्याल र यसै सर्ट फिल्मबाटै मेकअपमा सञ्जु ढकालले अवार्ड प्राप्त गर्नुभयो ।

    छिट्टै आयोजना हुन गइरहेको नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड आयोजनाको प्रमोसनमा आयोजना गरेको ओपन च्यालेन्ज फिल्म फुटबल कपको ग्य्राण्ड फाइनलअघि खेलाइएको मैत्रीपूर्ण खेलमा आयोजक बक्स अफिस फुटबल एकेडेमीले कपन भेट्रान क्लबलाई तीन गोलको विरुद्ध पाँच गोल गर्दै विजयी भएको थियो । फिल्म कपको समापनपछि बक्स अफिस इन्टरनेसनल ग्रुपले यही फागुन २३ र २४ गते नेसनल एजुकेसन अवार्डका अवसरमा ओपन च्यालेन्ज एजुकेसन फुटबल कप र जेठ २६ र २७ मा म्युजिक अवार्डका अवसरमा ओपन च्यालेन्ज म्युजिक फुटबल कपको तयारीमा रहेको कार्यक्रम अध्यक्ष आरके सुवेदीले जानकारी गराउनुभयो ।(Himalaya times)

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer