• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

विवादास्पद सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूको आग्रह


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय निक्कै चर्चामा रहेको, राष्ट्रियसभामा दर्ता समेत भैसकेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले आग्रह गरेका छन्।

    Advertisement

    मानवअधिकार तथा शान्ति समाजद्वारा मौलिक हक अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आयोेजित नागरिक संवाद कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले विधेयक तत्काल फिर्ता लिनुपर्नेमा जोड दिनुभएको हो ।

    महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयक तत्काल फिर्ता लिनुपर्ने बताए। विधेयक पारित गर्दा सांसद र समितिको भूमिका के–कस्तो हुन्छ भन्ने प्रष्ट नहुने गरेकाले पनि सही कानुन बन्न नसकेको उनको भनाइ थियो।

    महासङ्घका अर्का पूर्वअध्यक्ष किशोर नेपालले यस्तो विधेयकले कसैको हित नगर्ने भएकाले सामाजिक सञ्जाल विधेयक छिटो फिर्ता लिन माग गरे। महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नियन्त्रित लोकतन्त्रका लागि यो विधेयक आएकाले संविधानको भावनाअनुसार लोकतान्त्रिक मूल्य, मान्यताको सुदृढीकरणका लागि विधेयक फिर्ता लिनुपर्ने बताए। सामाजिक सञ्जाल विधेयक सरोकार भएका निकाय र नागरिकबीच बहस नगरी लुकाएर ल्याएकाले समस्या आएको उनको भनाइ थियो ।

    महासङ्घका महासचिव रामप्रसाद दाहालले माघ अन्तिम साता बसेको पत्रकार महासङ्घको बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रने निर्णय गरेकाले छिटो फिर्ता लिन ध्यानाकर्षण गराए। सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरू शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य हुने उनले सुनाए।

    नेपाल चिकित्सक सङ्का पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले सामाजिक सञ्जालको नियमनका नाममा विधेयकले अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रण गर्न लागिएकाले विधेयक फिर्ता लिनु नै लोकतन्त्रको हितमा हुने बताए। विधेयक आफैँमा द्विविधामा रहेको उनले सुनाए।

    विधेयकमा प्रयोगकर्ताको अधिकारका बारेमा उल्लेख नगरी दोहोरो अर्थ लाग्ने किसिमका शब्दको प्रयोग भएको, सार्वजनिक पदमा बसेकाको आलोचना गर्न पाइन्छ वा पाइँदैन भन्ने प्रष्ट नगरेको, विधि निर्माणमा सरोकार भएका निकाय र नागरिकलाई सहभागी नगराउँदा समस्या देखिएको, संविधानको प्राणका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी विधेयक आएको यस्तै, नागरिक स्वतन्त्रताविरूद्ध रहेकाले छिटोभन्दा छिटो फिर्ता लिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए।

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    भर्खरै

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • २.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ३.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ४.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer