• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इंग्ल्यान्ड र अफगानिस्तानको यात्रा समाप्त दक्षिण अफ्रिका सेमिफाइनलमा


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । हेनरिक क्लासेन र रसे भान डर डुसेनको उत्कृष्ट प्रदर्शनको मद्दतले दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको ग्रुप बी अन्तर्गतको खेलमा इंग्ल्यान्डलाई सात विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। दक्षिण अफ्रिकाले यो प्रतियोगितामा विकेटको आधारमा तेस्रो ठूलो जित दर्ता गरेको हो।

    Advertisement

    टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले राम्रो सुरुवात गर्न सकेन। मार्को जान्सेन र वियान मुल्डरको सानदार बलिङ प्रदर्शनका कारण इंग्ल्यान्ड ३८.२ ओभरमा मात्र १७९ रनमा समेटियो। जवाफमा, दक्षिण अफ्रिकाले २९.१ ओभरमै तीन विकेटको क्षतिमा १८३ रन बनाउँदै सहज जित हात पार्‍यो।

    दक्षिण अफ्रिकाले समूह चरणमा अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान बनायो। ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली अष्ट्रेलिया रह्यो। इंग्ल्यान्ड भने समूह चरणमै लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो। इंग्ल्यान्ड लगातार तीन खेल हार्ने चौथो टोली बन्यो। दक्षिण अफ्रिकाले तीन खेलमा दुई जित र एक बेनतीजा सहित ५ अंक जोड्दै शीर्ष स्थान हासिल गर्‍यो भने अष्ट्रेलिया ४ अंकसहित दोस्रो स्थानमा रह्यो।

    ४७ रनको स्कोरमा दक्षिण अफ्रिकाले दुई विकेट गुमाएपछि क्लासेन र डुसेनले तेस्रो विकेटका लागि १२७ रनको महत्वपूर्ण साझेदारी गरे। क्लासेनले ५६ बलमा ११ चौकासहित ६४ रन बनाए भने डुसेनले ८७ बलमा ६ चौका र ३ छक्कासहित नटआउट ७२ रन बनाए। यो जितसँगै दक्षिण अफ्रिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

    क्लासेनले लगातार पाँच खेलमा ५०+ रन बनाउने कीर्तिमान बनाउँदै दक्षिण अफ्रिकाका लागि जोन्टी रोड्स (२०००-०१) र क्विन्टन डिकक (२०१७ र २०१९) पछि यस्तो गर्ने तेस्रो खेलाडी बने। अन्तिम समयमा क्लासेन आदिल राशिदको बलमा आउट भए, त्यसपछि मैदानमा आएका डेविड मिलरले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

    इंग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर ब्याटिङ रोजे पनि टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो। मार्को जान्सेनले सुरुमा नै तीन महत्वपूर्ण विकेट लिए। इंग्ल्यान्डका लागि जो रुटले ३७ रन बनाए, जोफ्रा आर्चरले २५, बेन डकेटले २४, बटलरले २१, ह्यारी ब्रुकले १९, जेमी ओभरटनले ११, लियाम लिभिङस्टोनले ९, फिल साल्टले ८ र आदिल राशिदले २ रन बनाए। साकिब महमुद ५ रनमा नटआउट रहे।

    बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को जान्सेन र वियान मुल्डरले ३-३ विकेट लिए भने केशव महाराजले २ विकेट लिए। लुंगी एनगिडी र कागिसो रबाडाले १-१ विकेट हात पारे।

    इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले जित हात पार्नुअघि नै अफगानिस्तानको सेमिफाइनल यात्रा समाप्त भइसकेको थियो। अष्ट्रेलियाविरुद्धको खेल वर्षाले प्रभावित भएपछि अफगानिस्तानका लागि सेमिफाइनलमा पुग्ने अन्तिम आशा इंग्ल्यान्डको प्रदर्शनमा निर्भर थियो। तर, इंग्ल्यान्ड ठूलाे अन्तरले जित निकाल्न असफल भएपछि अफगानिस्तानको यात्रा समाप्त भयो।

    अब दक्षिण अफ्रिकाले सेमिफाइनलमा भारत वा न्युजिल्यान्डमध्ये पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यदि भारतले हार्यो भने दक्षिण अफ्रिकाले भारतसँग दुबईमा मङ्गलबार खेल्नेछ, भने न्युजिल्यान्डले हार्दा खेल लाहोरमा बुधबार हुनेछ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer