काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । पिएफएफको नयाँ विधानका संशोधित बुँदाहरूलाई एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले पारित गरेसँगै फिफाले निलम्बन फुकुवा गरेको हो ।
Advertisement
‘फिफाको ब्युरो काउन्सिलले मार्च २ मा पाकिस्तानी फुटबल फेडेरेसन (पिएफएफ) माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ,’ फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि फिफाले सन् २०२५ को फेब्रुअरी ६ मा पिएफएफलाई निलम्बन गरेको थियो ।




