• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाल इकोनोमिक्स ओलम्पियाड सम्पन्न


  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ आइतबार सम्पन्न भएको छ । योङ इकोनोमिस्ट सोसाइटी नेपालले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको छैटौं संस्करण यस वर्ष ‘सविता ग्रुप होल्डिङ्स नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ नामकरणमा सम्पन्न भएको हो । आयोजकका अनुसार फागुन १६ देखि १८ गतेसम्म काठमाडौंको किङ्स कलेजमा सञ्चालन भएको ओलम्पियाडमा देशभरका सातै प्रदेशका एक सय ८७ शैक्षिक संस्थाबाट छनोट भएका सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आर्थिक समस्या समाधान गर्ने क्षमता, वित्तीय विश्लेषण र तार्किक क्षमताका आधारमा विजेता चयन गरिएको थियो ।

    Advertisement

    नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ स्कुलबाट इशान शेखर खड्का, त्रिनिटी इन्टरनेसनल कलेजबाट आवाज सिंखडा, समीप यादव, रोशन सेढाई र रातो बंगलाबाट विज्ञान अधिकारीले गोल्ड मेडल जितेका छन् । उनीहरूले अजरबैजानको बाकुमा जुलाई २०२५ मा हुने ‘अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । गोल्ड मेडल विजेतालाई राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थशास्त्री डा. विश्व पौडेलले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पौडेलले प्रतियोगिताले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अवसरको ढोका खोल्ने भन्दैै भविष्यका नीति निर्माणकर्ताका लागि महत्वपूर्ण मञ्च भएको बताउनुभएको थियो ।

    सेन्ट जेभियर कलेजका रघुवीर श्रेष्ठ, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका शिवम् मिश्र, सुदूरपश्चिमाञ्चल एकेडेमीकी नीतिका अवस्थी, जेभियर इन्टरनेसनल कलेजका अक्षत कार्ला र प्रिमियर इन्टरनेसनल कलेजका शुभम बजगाईंले सिल्भर मेडल जितेका छन् । सिल्भर मेडल विजेताले अष्ट्रेलियाको सिड्नीमा युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अष्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालतर्फबाट भाग लिनेछन् । प्रतियोगितामा बिजनेस केस एनालाइसिस विधाका उत्कृष्ट विजेतालाई नगद २५ हजारसहित सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययनसम्बन्धी आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । ओलम्पियाडका दौरान राष्ट्र बैंकबाट मान्यता प्राप्त वित्तीय साक्षरता प्रशिक्षकहरूले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण प्रदान गरेका थिए भने योजना आयोगका सदस्यहरूले अर्थशास्त्रसम्बन्धी विशेष लेक्चर तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय छात्रवृत्तिसम्बन्धी जानकारीमूलक सत्रहरू सञ्चालन गरेका थिए ।

    नेपाल इकोनोमिक्स ओलम्पियाडका पार्टनरसिप निर्देशक दीपक भण्डारीले प्रतियोगिता विद्यार्थीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नेमात्र नभई उनीहरूको वित्तीय साक्षरता, विश्लेषणात्मक क्षमता तथा नीति निर्माणमा योगदान पु¥याउने महत्वपूर्ण प्लेटफर्म भएको बताउनुभएको थियो ।

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer